३ जेष्ठ २०८१, बिहीबार

दलित महिलाको गुनासोः विभेद कायमै

कर्णाली प्रदेश समाचार
दलित महिलाको गुनासोः विभेद कायमै
0 Shares

सुर्खेत ।

दलिम महिला भएकै कारण विभिन्न विभेदको शिकार हुनुपरेको गुनासो सुर्खेतका दलित महिलाले गरेका छन् । जातीय विभेदका साथै असमान ज्याला, हेप्नेलगायतका कारण दलित महिलामाथि अन्याय भएको उनीहरुको पीडा छ ।

१११ औं अन्तर्राष्टिय महिला दिवसको अवसरमा दलित महिला संघ सुर्खेतले गरेको अन्तरक्रियामा सहभागी दलित महिलाले दलित भएकै कारण विभिन्न समस्याहरुको सामना गर्नुपरेको बताएका छन् । उनीहरुले दलित महिलाहरु एक हुनुको विकल्प नभएको भन्दै त्यसका लागि पहलको आवश्यकता रहेको जनाए ।
कर्णाली प्रदेशसभा सदस्य राजु नेपालीले दलित महिलाहरु अझैपनि राज्यको हरेक निकायबाट पछाडि पारिएको बताउनुभयो । उहाँले महिलामा पनि दलित महिलाको अवस्था नाजुक भएको, विभिन्न विभेद भोग्नुपरेको हुँदा दलित महिलाहरुको एकता अहपरिहार्य भएको उल्लेख गर्नुभयो । दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारको अध्यक्षतामा भएको अन्तरक्रियामा शिक्षा विकास निर्देशनालयका सामाजिक विकास अधिकृत विना थापा, वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कँडेललगायतले दलित महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो । संघका कार्यक्रम संयोजक सीता नेपालीले कार्यक्रममाथि प्रकाश परेको कार्यक्रमको संचालन सचिव खगिसरा वलीले गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap