१७ बैशाख २०८१, सोमबार

बालविवाह विरुद्धको एक दिने परामर्श सम्पन्न

कर्णाली शिक्षा / स्वास्थ्य समाचार
बालविवाह विरुद्धको एक दिने परामर्श सम्पन्न
0 Shares

चैत । एक सय ११ औँ अन्तर्राष्टिय महिला दिवसको उपलक्ष्यमा आवाज नेपालसंगको समन्वयमा सामाजिक विकास मन्त्रालय र एसओएस बालग्राम सुर्खेतको आयोजनामा बाल विवाह विरुद्धको १ दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ ।


अन्तर्राष्टिय महिला दिवस विश्वव्यापीरुपमा उत्सवको रुपमा मनाउँदै गर्दा कर्णाली प्रदेशमा उच्च बालविवाहका कारणले महिलाहरुको सहभागिता र समग्र विकासमा नकारात्मक प्रभाव परेकोले बालविवाहका नकारात्मक असरहरुबारे जानकारी गराई बालविवाह न्यूीनकरण गर्नका लागि परामर्श कार्यक्रम संचालन गरिएको एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सुर्खेत र दैलेखका विभिन्न निजी तथा सामुदायिक विद्यालयका ४४ जना किशोरीहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रस्तोताहरु डा. अर्चना कार्की, अनिता ज्ञवाली (सामाजिक विकास मन्त्रालय), पवित्रा शाही (आवाज नेपाल), उर्मीला नेपाली (अधिवक्ता) र बसन्ती शाही (मनोविमर्शकर्ता)ले बालविवाहले स्वास्थ्यमा पार्ने प्रतिकूल असर, कर्णाली प्रदेशमा बाल विवाहको अवस्था रोकथामका लागि भएका प्रयासहरु, वालविवाहका कारण तथा असरहरु, यौन दुव्र्यवहार र वालविवाह सम्बन्धी कानूनी प्रावधान र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी विषयहरुमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा विजया माध्यामिक विद्यालय दैलेखका छात्रा हिमा नेपालीले आफू परिपक्व भएर आफ्नो सपना पुरा गरेर मात्र विवाह गर्ने प्रतिवद्धता गरिन् । साथै उनले कार्यक्रममा सिकेका कुराहरु आफ्नो समुदायमा र विद्यालयका साथीहरुलाई सिकाउने र वालविवाह विरुद्धको अभियानमा सक्रियताका साथ लाग्ने पनि बताइन् ।

कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई कोभिड १९ रोकथामका लागि सरसफाई सामग्री पनि वितरण गरिएको थियो ।

कार्यक्रम एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द कुमार गिरीको अध्क्षता र वीरेन्द्रनगर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष निकण्ठ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत अनिता ज्ञवाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाही र कान्तिपुर संवाददाता कमल पन्तको आतिथ्यता रहेकाे थियाे ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap