३१ बैशाख २०८१, सोमबार

शहीद पार्कमा पानीको फोहोरा संचालन

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
शहीद पार्कमा पानीको फोहोरा संचालन
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर ४ स्थित भँगेरीचौरमा निर्माण गरिएको शहीद पार्कमा पानीको फोहोरा संचालनमा ल्याइएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वन तथा वातावरण निर्देशनालयले निर्माण गरेको पार्कमा विहीवारदेखि ठूलो पोखरीमा फोहोरा संचालनमा ल्याइएको हो ।

विद्युतको अभावमा पानीको फोहोरा संचालन गर्न नसकिएको अवस्थामा भैरम सामुदायिक वन समितिले आफ्नो कार्यालयबाट विद्युत लिएर मुख्य पोखरीको पानीको फोहोरा संचालनमा ल्याएको हो । वन समितिका अध्यक्ष अमरबहादुर कार्कीले शहीद पार्कमा निर्माण गरिएका सवै फोहोरा एकै पटक संचालन गर्न विद्युतको क्षमताले नभ्याउने हुँदा छुट्टाछुट्टै संचालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले एकै पटक सवै फोहोरा चलाउन नसकिने भएकोले पालैपालो चलाउनुपर्ने भएकोले मुख्य पोखरीको फोहोरा विहीवारदेखि संचालनमा ल्याइएको जानकारी दिनुभयो ।
पार्क निर्माण भएपनि फोहोरा संचालन गरिएको थिएन । पार्क अवलोकनकर्ताहरुले फोहोरा संचालनमा ल्याउन माग गर्दै आएका थिए । वीरेन्द्रनगर बजार नजिकै रहेको शहीद पार्क अहिले महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ । दैनिक पाँच सय बढीले पार्क अवलोकन गर्ने गरेका छन्भने सार्वजनिक विदाको दिनमा थामिनसक्नुको भीड हुने गरेको पार्कको संरक्षणको जिम्मा पाएको भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताउनुभयो । पार्क नजिकै रहेको गढी पदमार्गले पनि शहीद पार्कमा चाप बढाएको छ । करिब एक करोड १५ लाखको पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणमा बनस्पत्ति उद्यानलगायतका कामहरु बन्नेछन् । पार्कको कूल लागत सात करोड बढी भएको बताइन्छ । पानीको फोहोरा संचालनमा आएपछि आन्तरिक पर्यटकहरुको भीड अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap