४ जेष्ठ २०८१, शुक्रबार

कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरु नियुक्त

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरु नियुक्त
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले विहीवार प्रदेश लोक सेवा आयोगको पदाधिकारी नियुक्त गरेको छ । रामप्रसाद उपाध्यायको अध्यक्षतामा तीन सदस्य पदाधिकारी नियुक्त गरेको हो । आयोगको सदस्यमा भक्तबहादुर खड्का र विमला सिंह शाही रहनु भएको छ । उपाध्याय पूर्व शिक्षा निर्देशक हुनुहुन्छ भने सदस्य खड्का पूर्व शिक्षा उपसचिव हुनुहुन्छ । शाही विपक्षी दलका नेता जीवनबहादुर शाहीको श्रीमती हुनुहुन्छ ।

उपाध्याय सुर्खेतका, खड्का दैलेख र सिंह हुम्ला निवासी हुनुहुन्छ । आयोगका नवनियुक्त पदाधिकारीहरुलाई विहीवार अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायलाई पद तथा सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष उपाध्यायले सदस्यद्वय खड्का र सिंहलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही तथा मन्त्री तथा कार्यालय प्रमुखहरुको उपस्थिति थियो ।
यसैवीच आयोगका नवनियुक्त अध्यक्ष रामप्रसाद उपाध्यायले कर्णाली प्रदेश लोक सेवा आयोगले केन्द्रीय लोक सेवा आयोगसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आयोगले आफूले काम गर्ने कार्यविधि बनाएर प्रदेशमा रिक्त कर्मचारीहरुको पदपूर्ति गर्नेतर्फ क्रियाशील रहने उल्लेख गर्नुभयो । प्रदेश लोक सेवा आयोगको पदाधिकारी नियुक्तसँगै अव प्रदेशमा कर्मचारीहरु पदपूर्ति गर्ने कार्य अगाडि बढ्ने बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap