४ जेष्ठ २०८१, शुक्रबार

दुई वर्षमा एक सय सडक मानवको परिवारसँग पुनर्मिलन

कर्णाली प्रदेश मुख्य समाचार समाचार
दुई वर्षमा एक सय सडक मानवको परिवारसँग पुनर्मिलन
0 Shares

सुर्खेत ।

भारत लखनऊका कल्लु भनिने एक युवा सुर्खेतका सडकमा बेवारिसे जीवन विताउँदै आउनुभएको थियो । कहिले वीरेन्द्रनगर, कहिले कतै भौंतारिने उहाँलाई गत वर्ष पञ्चपुरी नगरपालिकाको बावियाचौर बजारबाट उद्धार गरी वीरेन्द्रनगरस्थित मानव सेवा आश्रममा राखियो ।

एक वर्षसम्म आश्रममा बसेर विभिन्न उपचार पछि उहाँको मानसिक समस्या निको भयो । आफ्नो घर भारतको लखनउ बताएपछि उहाँलाई आश्रमका स्वयंसेवकले रुपैडिहासम्म पु¥याएर परिवारसँग पुनर्मिलन गराए । अहिले कल्लु आफ्नो घरमा राम्रोसँग जीवन बिताउनुभएको छ ।
यसैगरी जुम्लाका विनोद भट्टराई पनि मानसिक असन्तुलन भएपछि सडकमा भौंतारिरहेको अवस्थामा उद्धार गरेर मानव सेवा आश्रममा राखियो । छ महिना बढीको आश्रमको बसाई पछि उहाँले आफ्नो घर जुम्ला भएकोले घर जाने इच्छा व्यक्त गर्नुभयो । पछि परिवारसँगको सम्पर्कमा भएपछि विनोदलाई पनि परिवारसँग पुनर्मिलन गराइएको छ ।

कल्लु र विनोदजस्तै करिव एक सय जना सडक मानवहरु यतिबेला परिवारसँग छन् । सुर्खेतमा रहेको मानव सेवा आश्रमले एक सय जना भन्दा बढी सडक मानवलाई परिवारसँग पुनर्मिलन गराएको छ । अहिले आश्रममा ६४ जना छन् । ल्याउन क्रम भने अझै रोकएिको छैन । आश्रमका संयोजक सिर्जना वलीले सुर्खेतमा २०७५ माघ १८ गतेदेखि संचालनमा आएको आश्रममा हालसम्म दुई सय बढी सडक मानवले सेवा लिइसकेको बताउनुभयो । दुई वर्षको अवधिमा एक सयभन्दा बढीले आफ्नो समस्या निको भइ परिवारसँग पुनर्मिलन गराएको जानकारी उहाँले दिनुभयो ।
आश्रममा कर्णाली प्रदेशका सहित भारततिरका सडक मानवहरु आश्रित छन् । एक महिनादेखि ९० वर्ष उमेरहरु आश्रममा छन् । सडकमा बेवारिसे जीवन विताउँदै आएकाहरुलाई व्यक्तिगतरुपमा, सामूहिक रुपमा वा संस्थागत रुपमा उद्धार गरेर आश्रममा ल्याउने गरिन्छ । आश्रममा उनीहरुको व्यक्तिगत सरसफाईका साथै स्वास्थ्य जाँचलगायतको काम गर्ने गरिन्छ । सडकलाई सडक मानवबाट मुक्त बनाउने सरकारको लक्ष्य अनुसार मानव सेवा आश्रमले सडक मानवलाई आश्रय दिइरहेको छ ।
आश्रमका संयोजक सिर्जना वलीले २०७६ माघ ४ गते कर्णालीलाईलाई सडक मानव मुक्त प्रदेश घोषणा गरिएकोले अहिले यहाँ सडकमा बेवारिसे जीवन विताइरहेकालाई उद्धार गरेर ल्याउने काम भइरहेको बताउनुभयो । सेवा आश्रम अहिले पनि पूर्णरुपमा दाताको सहयोगमा संचालन भइरहेको छ । आश्रम संचालन भएको घरको भाडा वीरेन्द्रनगर नगरपालिकाले तिर्ने गरेको जानकारी संयोजक वलीले बताउनुभयो ।
खाद्यान्नदेखि अन्य जिन्सी सामानहरु सवै मनकारी दाताहरुले दिएको रकमबाट चलाउने गरिएको उहाँको भनाइ छ । उनीहरुको सेवाका लागि अहिले आश्रममा पाँच जना स्वयंसेवक छन् । ती स्वयंसेवकले नै आश्रममा आश्रितहरुलाई सरसफाईदेखि हरेक काममा सघाएका छन् ।
सुर्खेतको आश्रमले विभिन्न रचनात्मक कामहरु पनि जारी राखेको छ । प्रत्येक बुधवार र शनिवार रात्रीकालीन उद्धार सेवा गरिएको छ । रातीको समयमा सडक बसेका छन्भने उनीहरुलाई उद्धार गरेर आश्रममा ल्याउने गरिएको छ । फागुन २० गतेदेखि मानवता प्रवद्र्धन यात्रा अभियान थालिने संयोजक वलीले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap