३१ बैशाख २०८१, सोमबार

वडा नं. ४ मा सडक बत्ती जडान गर्न बेवास्ता

कर्णाली प्रदेश मुख्य समाचार समाचार
वडा नं. ४ मा सडक बत्ती जडान गर्न बेवास्ता
19 Shares

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का मुख्य सडकहरुमा विजुली नजोडिँदा अध्याँरो हुने गरेको छ । अन्य वडामा सडक पोलमा विजुली जडान गरेर उज्यालो भइरहेका बेला वडा नं. ४ का सडकहरु भने चमकन्न अँध्यारो हुने गरेको छ । वडा कार्यालयले सडक पोलमा बिजुली जडान गर्न बेवास्ता गरेको छ ।
रातो पुलदेखि कुमाई चोकसम्मको हटलाइन सडकका कुनै पनि पोलहरुमा विजुली जडान गरिएको छैन । विगतमा नगरपालिकाले चाडपर्वको बेला बत्ती जडान गर्ने गरिएपनि यसपटक भने जडान गर्न न नगरपालिका, न वडा कार्यालयले नै चासो देखाएको छ । रात पर्नासाथ सडक अँध्यारो हुँदा आउजाउ गर्ने सवारी साधन तथा पैदलयात्रुहरुलाई सकस हुने गरेको छ । अँध्यारोको मौकामा अपराध र दुर्घटनाको जोखिम बढी हुने हुँदा सडक पोलमा बिजुली जडान गर्नुपर्ने माग वडाबासीको छ ।
स्थानीय गोपाल नेपालीले दसैं तिहार अगाडिदेखि मुख्य सडकसहित अन्य सडक पोलमा बिजुली जडान नहुँदा अँध्यारो हुने गरेको बताए । उनले सम्साँझै पनि सडकबाट हिंडडुल गर्न डर लाग्ने गरेको बताउँदै पोलमा बिजुली जडान गरिए काम पर्दा आवतजावत गर्न सहज हुने बताए । उनले पोलमा बिजुली जडान नगर्दा अँध्यारोले सवारी साधनहरु दुर्घटनामा पर्ने र चोरीलगायतका अपराधिक घटनाहरु हुनसक्ने जोखिम बढेको उल्लेख गरे ।
यता ४ नं. वडा कार्यालयले भने बिजुली जोड्ने प्राविधिकहरुको खोजी गरी सडक पोलमा बिजुली जडान गर्ने जनाएको छ । वडा सदस्य कृष्णप्रसाद गौतमले विजुली जोड्ने प्राविधिहरुले जडान चार्ज अत्यधिक महँगो गर्दा जडान गर्न नसकिएको बताउँदै अव सस्तोमा जडान गर्ने बताए । उनका अनुसार प्राविधिकहरुले एउटा पोलमा जडान गरेको दुई सय रुपियाँ दिनुपर्ने बताएका छन् । वडाका सवै सडकका पोलहरुमा करिव तीन सय बल्व हाल्नुपर्ने हुँदा सस्तो मूल्यको खोजी गरी अविलम्ब पोलहरुमा बिजुली जडान गरिने उनको भनाइ छ ।
सडक पोलमा बिजुली जडान नगरिँदा वडाबासीलाई अँध्यारो तथा दुर्घटना र आपराधिक घटनाको जोखिम बढेको महसुस वडा कार्यालयले पनि गरेको छ । अव छिटै पोलहरु जडान गरेर सडकहरुलाई उज्यालो बनाइने जानकारी वडा सदस्य गौतमले दिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap