३१ बैशाख २०८१, सोमबार

पव्लिक हिमालको दोस्रो साधारणसभा

कर्णाली प्रदेश समाचार
पव्लिक हिमालको दोस्रो साधारणसभा
9 Shares

सुर्खेत ।
पव्लिक हिमाल यातायात प्रालिको दोश्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कायृक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले दुर्घटना नहुने बेलासम्म संघसंस्थाको खोजीमा नहुने तर जब दुर्घटना हुन्छ तब एक्लै भएको महसुस हुने गरेको बताए । उनले एक्लै भएको महसुस गर्नु अघि नै संस्थामा आबद्व भएर सहज हुने गरी काम गर्न यातायात ब्यबसायीहरुलाई आग्रह गरे ।
प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले प्रालिमा आवद्ध सवारी साधनका कागजातहरु सबै प्रालिले बनाइदिने बताए । यसैवीच प्रालिले भर्खरै निर्बाचित नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष पदमबहादुर शाहीलाई सो अवसरमा सम्मान गरेको छ । संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले अध्यक्ष शाहीलाई सम्मान गरेकाे कायार्लय प्रमुख भुपेन्द्र शाहीले जानकारी दिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap