२८ बैशाख २०८१, शुक्रबार

गुर्जोलगायतकाे जडिबुटीले बढायाे आयुर्वेदमा विश्वास

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
गुर्जोलगायतकाे जडिबुटीले बढायाे आयुर्वेदमा विश्वास
84 Shares

सुर्खेत ।

कोरोना संक्रमण सुरु हुने अघिसम्म सुर्खेतको वीरेन्द्रनगर ४ कालागाउँमा रहेको प्रदेश अस्पतालमा दैनिक विरामीको चाप बढेको बढ्यै हुन्थ्यो । नयाँ भवन र डाक्टर तथा अत्याधुनिक उपकरण आएपछि प्रदेश अस्पतालमा दैनिक एक हजारसम्म विरामी आउने गर्दथे । तर त्यो अस्पतालको परिसरमै रहेको आयुर्वेद औषधालयको अवस्था भने ठीक उल्टो थियो । त्यहाँ दैनिक बढीमा ३० जनासम्म विरामी आउने गर्दथे । आयुर्वेदप्रति खासै कसैको चासो र रुचीसमेत हुँदैनथ्यो ।
तर कोरोना कहरले भने आयुर्वेदप्रति विश्वास जगाइदिएको छ । प्रदेश आयुर्वेद औषधालयमा हिजोआज दैनिक कम्तीमा एक सय जना विरामी आउने गरेका छन् । रोग प्रतिरोधात्मक क्षमताको लागि गुर्जो,अमला, हर्रोबर्रोलगायतका जडिबुटीबाट बनेको औषधि लिनका लागि आयुर्वेद औषधालय आउने संख्या बढेको छ । सवैभन्दा विगतको तुलनामा अहिले आयुर्वेदिक उपचार पद्धति र कोरोनाका कारण जडिबुटी मिश्रित औषधिका कारणले विरामी आउनेको संख्या बढेको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ । औषधालय विकास समितिका अध्यक्ष बिनोद ढकालले अझैपनि सरोकारावाल निकायहरुको चासोको विषय बन्न नसकेको अवस्थामा कोरोनाका कारण चासो गर्ने विषय बनाइदिएको बताउनुभयो । उहाँले गुर्जोका कारण आयुर्वेदप्रति चासो र विश्वास बढाएको स्वीकार गर्नुभयो ।
आयुर्वेदिक औषधिमात्र होइन, अहिले औषधालयको स्तरोन्नति पनि भएको छ । सेवासुविधा पनि बढाएको छ । असोज ६ गतेदेखि औषधालयमा निःशुल्क ल्याव सेवा पनि सुरु गरिएको छ । पहिले दिसापिसाव, रगतको ल्यावको रिपोर्ट आउन एक घन्टा लाग्ने गरेकामा अब १० मिनेटमै आउने भएको छ । असोज ७ गतेबाट भिडियो एक्सरे सेवा पनि संचालन गरिएको छ । आधारभूत चिकित्सकीय सेवा दिन थालेपछि आयुर्वेदमा विश्वास बढेको र विरामीहरु पनि आउन थालेको अध्यक्ष ढकालले बताउनुभयो ।
औषधालयका चिकित्सक डा. शंकर रिजालले अघिल्लो आर्थिक बर्षमा २२ हजार जनाले आयुर्वेदको सेवा लिएको जानकारी दिनुभयो । कोरोना संक्रमण सुरु भएपछि औषधालय कसैको सहयोग विना आफै जडिबुटी मिसाएर कोरोना संक्रमित तथा अन्यलाई निःशुल्क वितरण गरेको उहाँले बताउनुभयो । प्रदेश अस्पतालको आइसोलेशनसहित अन्य स्वास्थ्यकर्मीहरुलाई गरी २६३ जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गरिएको छ । यस्तै सुर्खेतका लेकबेसी, गुर्भाकोट, पंचपुरी, चौकुने पालिकाहरुमा पनि पुगेर १४५ जनालाई वितरण गरिएको डा. रिजालले बताउनुभयो । यो अवधिमा २१० केजी गुर्जो, ५६ केजी अमृत चियापत्ती वितरण गरिएको छ ।
कोरोना संक्रमणको उपचारमा कुनै औषधि नबनेका कारण रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोलगायतका जडिबुटीले सघाउने भएकोले यसको माग अहिले बढेको छ । कोरोना कहरको बेला आयुर्वेद औषधालयले आफै नियमित काम गरिरहेको र यसलाई सघाउनका लागि खासै पहल हुन नसकेको गुनासो औषधालयले गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap