२८ बैशाख २०८१, शुक्रबार

अब सुुर्खेतबाटै लाइसेन्स

कर्णाली प्रदेश मुख्य समाचार समाचार
अब सुुर्खेतबाटै लाइसेन्स
0 Shares

सुर्खेत
अव सुुर्खेतबाटै सवारी चालक अनुुमति पत्र (लाइसेन्स) वितरण हुनेभएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले बिहीबारदेखि लाइसेन्स वितरण गर्न सुरु गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीवार वीरेन्द्रनगरका गीताञ्जली पुरीलाई लाइसेन्स प्रदान गरी लाइसेन्स वितरणको काम सुरु गरेका छन् ।
सुर्खेतमा गत माघ ६ गते लाइसेन्स दिने प्रक्रिया सुरु गरिएको थियो । पहिलो पटक परीक्षा दिएकालाई बिहीबार लाइसेन्स वितरण गरिएको हो । अब यहाँका सेवाग्राहीलाई लाइसेन्स लिनका लागि अर्को प्रदेश जानुपर्ने बाध्यता हटेको छ । यस अघि प्रदेश नं ५ को नेपालगञ्जमा महिनौँ लगाएर लाइसेन्स लिनुपर्ने बाध्यता रहेको थियो । कार्यालयले लाइसेन्स वितरण गर्ने अनुुमति पाएपनि कर्मचारी तथा पूर्वाधारको अभावले वितरण गर्न सकेको थिएन । कार्यालयका निमित्त प्रमुख आनन्द चपाईले अबदेखि सुुर्खेतबाटै वितरण हुने बताए । उनले अहिले ६५९ जनाको स्मार्ट लाइसेन्स तयार भएको जानकारी दिए । यहाँबाट लाइसेन्स वितरण गर्न सुरु भएपछि अब राजश्वपनि यही संकलन हुनेछ । ६५९ जनाबाट नौ लाख २७ हजार राजश्व संकलन भएको उनले बताए । कार्यालयले अहिलेसम्म एक हजार आठ सय जनाको लाइसेन्सको नवीकरण समेत गरेको छ ।
कार्यालयबाट रुट परमिट, लाइसेन्स, सवारी नवीकरण, सवारी जाँचपासलगायतका कामहरु हुँदै आएपनि करिब सात वर्षपछि लाइसेन्स वितरण गरिएको हो । मुख्यमन्त्री शाहीले सुुर्खेतमै स्मार्ट लाइसेन्स तयार गर्ने मेसिन ल्याइने प्रतिवद्धतासमेत जनाए । त्यसका लागि आवश्यक बजेट व्यवस्था गरेर छिट्टै मेसिन ल्याएर संचालन गरिने जानकारी दिए । उनले नागरिकलाई छिटो र सहज रुपमा सेवा उपलब्ध गराउन पनि कर्मचारीलाई निर्देशन दिँदै ढिलासुस्ती भएमा खबरदारी गर्न समेत आग्रह गरे । लाइसेन्स वितरण मानिसको जीवनसँग जोडिएकाले पहुँच र भनसुुनमा लाइसेन्स वितरण नगर्न र यो भ्रम चिर्न समेत उनले कर्मचारीलाई निर्देशन दिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap