२८ बैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण, डा. सापकोटाको निधन

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण, डा. सापकोटाको निधन
0 Shares

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखलाई विहीवार कोरोना सङ्क्रमण भएको प्रदेश प्रमुखको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वाव परीक्षण गर्ने क्रममा उनको पनि परीक्षण गर्दा संक्रमण भएको हो । कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा प्रदेश प्रमुखलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ । प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले बताए । प्रदेश प्रमुख कलौनी होम आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । प्रदेश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । एकपछि अर्को कर्मचारीमा संक्रमण देखिन थालेपछि बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको र बिहीबार प्रदेश प्रमुखसहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. हरि सापकोटाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि केही दिन अघिदेखि उनको भेरी अस्पतालमा उपचार भइरहेको थियो । विहीवार उनको मृत्यु भएको जनाइएको छ । डा. सापकोटा प्रदेश अस्पतालमा चिफ कन्सल्टेन्ट अर्थोपेटिक सर्जन थिए । डा. सापकोटाको निधन भएपछि सवै तिरबाट दुःख व्यक्त गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap