२८ बैशाख २०८१, शुक्रबार

एकसूत्रीय माग पूरा गराउन आंशिक प्राध्यापकको दुई दिने अल्टिमेटम

कर्णाली प्रदेश मुख्य समाचार समाचार
एकसूत्रीय माग पूरा गराउन आंशिक प्राध्यापकको दुई दिने अल्टिमेटम
63 Shares

सुर्खेत ।
सुर्खेत क्याम्पस (शिक्षा) मा कार्यरत आंशिक प्राध्यापकहरुले एक सूत्रीय माग पूरा गराउन दुई दिने अल्टिमेटम दिएका छन् । उनीहरुले विहीवार क्याम्पस प्रमुख माधवप्रसाद खनाललाई मागपत्र बुझाउँदै सो अल्टिमेटम दिएका हुन् ।
आंशिक प्राध्यापक संघका अध्यक्ष जागेश्वर उपाध्याय र सचिव छविलाल आचार्यद्वारा हस्ताक्षरित मागपत्रमा त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७७ लागूसम्वन्धी कुनैपनि कार्य नगर्ने तत्काल लिखित प्रतिवद्धता जारी हुनुपर्ने एक सूत्रीय बुँदा उल्लेख छ । आफूहरुको सो माग दुई दिनभित्र पूरा नभए तालावन्दीसहित क्याम्पसका कुनैपनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।
आंशिक प्राध्यापकहरुलाई विस्थापन गर्ने गरी कार्यविधि आएकोले आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रनु परेको मागपत्रमा उल्लेख छ । विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयलाई नै बन्धक बनाएर आफ्ना नितान्त व्यक्तिगत स्वार्थपूर्तिमा लागेकोले आंशिक प्राध्यापकहरुको व्यवस्थापन कार्यदलले प्राध्यापकहरुको मर्म विपरित एकतर्फी निर्देशिका ल्याएकोमा आपत्ति जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap