२८ बैशाख २०८१, शुक्रबार

पदमार्गमा विश्रामस्थल

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
पदमार्गमा विश्रामस्थल
29 Shares

सुर्खेत ।
वीरेन्द्रनगर ४ खोर्केदेखि गढी जोड्ने पैदल पदमार्गमा विश्रामस्थल निर्माण गरिएको छ । भैरम सामुदायि वन उपभोक्ता समूहभित्र पर्ने सो पदमार्गको राजा विसौनी भन्ने ठाउँमा स्थानीय घनश्याम बस्नेत र विकास बस्नेतले व्यक्तिगत लगानीमा विश्रामस्थल निर्माण गरेका हुन् । विश्रामस्थलका लागि आवश्यक काठ भैरम सामुदायिक वन उपभोक्ता समूहले सहयोग गरेको छ ।
आफ्ना मातापिताको सम्झनामा उनीहरुले विश्रामस्थल निर्माण गरेको बताएका छन् । सो विश्रामस्थलको विहीवार ज्येष्ठ सदस्य ७७ बर्षीय हेमबहादुर कार्कीले उद्घाटन गरे । विश्रामस्थल निर्माणकर्ता घनश्याम बस्नेतले पदमार्गमा आउजाउ गर्दा विश्राम गर्न सहज हुनेभएकोले विश्रामस्थल निर्माण गरिएको बताए । उनले विश्रामस्थल नजिकै पानीको धारा पनि जडान गरिने जानकारी दिए ।
भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर कार्कीले पदमार्गमा अझैपनि पाँच÷छ ठाउँमा विश्रामस्थल निर्माण गर्न सकिने बताए । उनले खोर्केदेखि गढीसम्म जाने पुरानो बाटोमा विभिन्न चौतारीहरु भएको स्मरण गर्दै अहिले पदमार्ग भएपनि विश्रामस्थलहरु निर्माण गर्न सकिने उल्लेख गरे ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap