२८ बैशाख २०८१, शुक्रबार

कर्णालीमा एकैदिन ११० जनाले कोरोना जिते

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा एकैदिन ११० जनाले कोरोना जिते
0 Shares

सुर्खेत ।
कोरोना भाइरसको उपचारपछि आइतवार एकै दिन ११० जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । योसहित निको भएर घर जानेहरुको कूल संख्या दुई हजार ५०५ पुगेको छ ।
आइतवार प्रदेश अस्पतालबाट २८ जना, वीरेन्द्रनगर होम आइसोलेशनबाट १७ जना, जुम्लाको चन्दननाथ आइसोलेशनबाट ३६ जना, सुर्खेतको गुर्भाकोट आइसोलेशनबा आठ जना, चन्ददनाथ होम आइसोलेशनबाट आठ जनालगायत अन्य गरी ११० जनाले कोरोना जितेर घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यसैवीच आइतवार कर्णालीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेखका एक जना, सिरहाका एक जना र रुकुम पश्चिमका एक जना रहेका छन् । योसहित कर्णालीमा कूल सङ्क्रमितको संख्या दुई हजार ७८६ पुगेको छ । आइतवार सुर्खेतका पाँच जनामा संक्रमण देखिएकामा ती सवै वीरेन्द्रनगर नगरपालिकाका रहेका छन् । वीरेन्द्रनगर ११ का दुई जना, वीरेन्द्रनगर १० का दुई जना र वीरेन्द्रनगर ८ का एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
अव कर्णालीमा कोरोनाका सक्रिय बिरामीको संख्या २७५ रहेको छ । हुम्ला, डोल्पा र मुगुमा सङ्क्रमित शुन्य रहेको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । दैलेखका तीन, सुर्खेतका दुई र डोल्पाका एक जनाको मृत्यु भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap