२९ बैशाख २०८१, शनिबार

कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगरको वडा नं. ३, ४ र १२

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगरको वडा नं. ३, ४ र १२
0 Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वटा वडामध्ये तीन वटा वडामा संक्रमण एक्कासी बढेको छभने तीन वटामा शुन्य छ ।


विहीवारसम्म नगरपालिकामा कूल २१९ जनामा कोरोना संक्रमण भएको तथ्यांक नगरपालिकासँग रहेको छ । वडा नं. ३, ४ र १२ मा पछिल्लो समयमा कोरोना भाइरस व्यापकरुपमा फैलिएपछि अति जोखिममा परेको छ । प्रदेश सरकारको स्वास्थ्य शाखा र स्थानीय तहले गरेको संक्रमितसंगको सम्पर्कमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्दा कोरोना संक्रमितहरु झनै बढ्दै गइरहेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य अधिकृत पर्शुराम खड्काका अनुसार वीरेन्द्रनगरको वडा नं. ३ मा सवैभन्दा धेरै ३२ जना कोरोना संक्रमित देखिएका छन् । त्यसपछि वडा नं. १२ मा २८ जना र वडा नं ४ मा २६ जना संक्रमित देखिएका छन् । नगरपालिकाका अनुसार वडा नं. १ मा १९ जना, २ मा १५ जना, ५ मा ७ जना, ६ मा १० जना, ७ मा ८ जना, ८ मा १२ जना, ९ मा १३ जना, १० मा २१ जना, ११ मा १५ जना, १३ मा १३ जनामा कोरोना संक्रमण देखिएको । वडा नं. १४, १५ र १६ मा भने अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन ।

यहाँ लकडाउन खुकुलो भएपछि रोजगारीका लागि विदेशिएका तथा छिमेकी जिल्लाहरुमा गएका कर्णाली प्रदेशका नागरिक घर फर्किएकाहरुमा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्दा घरपरिवार, सैलुन, चिया पसलेहरुमा पनि संक्रमण देखिएको छ । सरकारले गरेको लकडाउनमा कर्णाली प्रदेशमा भाइरस संक्रमण घट्दो देखिएको थियोभने लकडाउन हटेसंगै दैनिक संक्रमण निकै बढ्दो छ । स्वदेश तथा विदेशबाट फर्किनेहरुलाई होम क्वारेन्टाइनमा बस्न पठाएपनि उनीहरुमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा गएकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण बढेको हो ।

नगरपालिका सुर्खेत स्वास्थ्य शाखाका अधिकृत पर्शुराम खड्काले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि उच्च जोखिममा रहेका ग्यारेज, चिया पसल, गाडी चालकलगायतको स्वाब लिएर परीक्षण गर्ने र उनीहरुमा कोरोना संक्रमण देखिए उनिहरुको सम्पर्कमा आएका घरपरिवारलगायतलाई ट्रेसिङ गरी परीक्षण गरिने बताए । उनका अनुसार वीरेन्द्रनगरको बसपार्कमा र रेडक्रस अफिस अगाडिको चौरमा अहिलेसम्म दुई हजार ८०२ को पिसीआर परीक्षण गरिएको छ । उनले वीरेन्द्रनगर ३, ४ र १२ मा पछिल्लो समय धेरै भारतबाट आएकाले गर्दा र त्यहाँ बस्तीपनि बाक्लो भएकै कारणले कोरोनाको जोखिम बढी देखिएको जनाए । उनले वीरेन्द्रनगर नगरपालिकाको एउटा आइसोलेशन र एउटा क्वारेन्टाइन भएको जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको नयाँ बसपार्कमा रहेको आइसोलेशनमा १२३ जना बसेकामा १०४ डिस्चार्ज भएकाले अहिले १९ जना बस्दै आएका छन् । यस्तै बागीना भवनमा रहेको क्वारेन्टाइनमा ६ जना बस्दै आएका छन् ।

यता जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लले वीरेन्द्रनगरमा विशेषगरेर सुरक्षाकर्मी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएको कारणले गर्दा जनतामा त्रास जागेको बताए । उनका अनुसार उनीहरुले उच्च सर्तकता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमित हुन पुगेको बताए ।
पछिल्लो समयमा स्थानीय, अभियान्ता, समाजसेवीहरुमा पनि कोरोना देखिएको छ । पछिल्लो समयमा कोरोनाको परीक्षण धेरै भएकाले र लुकेर बसेकाहरुको पनि जाँच गर्दा कोरोना बढी देखिएको जनाए । प्रमुख वाग्लेले अहिलेसम्म कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । उनले भने, वल्लो र पल्ल्लो घरमा कोरोना देखियो भने मात्रै त्यसलाई स¥यो भन्न मिल्छ । फैलियो चाहि भन्न मिल्दैन, यो सुरुवाती चरण हो ।’

वडागत तथ्याङ्क
वडा नं १ः १९ जना
वडा नं २ः १५ जना
वडा नं ३ः ३२ जना
वडा नं ४ः २६ जना
वडा नं ५ः ७ जना
वडा नं ६ः १० जना
वडा नं ७ः ८ जना
वडा नं ८ः १२ जना
वडा नं ९ः १३ जना
वडा नं १०ः २१ जना
वडा नं ११ः १५ जना
वडा नं १२ः २८ जना
वडा नं १३ः १३ जना
वडा नं. १४ः ०
वडा नं १५ः ०
वडा नं १६ः ०
कूलः २१९ जना (वीरेन्द्रनगर नगरपालिका, स्वास्थ्य शाखा)

Leave a Reply

Share via
Copy link
Powered by Social Snap