२० बैशाख २०८१, बिहीबार

वीरेन्द्रनगरमा १२ दिनदेखिको निषेधाज्ञा हट्यो

कर्णाली प्रदेश मुख्य समाचार समाचार
वीरेन्द्रनगरमा १२ दिनदेखिको निषेधाज्ञा हट्यो
5 Shares

सुर्खेत ।
वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडबाडमा भीड बढ्ने र कोरोना जोखिम बढेको भन्दै भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो । पहिलो पटक भदौ १ गतेदेखि ५ गते सम्म, दोस्रो पटक भदौ ९ गतेसम्म र तेस्रो पटक भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवार सकिएपनि कोरोनाको जोखिम भने कम भएको छैन । प्रशासनले निषेधाज्ञाको अवधि सकिएपछि शर्तसहित निषेधाज्ञा खुला गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रवार राती १२ बजेदेखि निषेधाज्ञा खुला हुने जानकारी दिए । उनले निषेधाज्ञा खुलेपनि आम नागरिकलाई मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने र भिडलाई नियन्त्रण गर्ने तर्फ प्रशासनले ध्यान दिने बताए । सुर्खेत उद्योग बाणिज्य संघले सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्न आव्हान गरेको छ । संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले सामाजिक संजालमा लेख्दै सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ५ बजेसम्म खोल्न भनेका छन् । साथै पसल खोल्दा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य उपकरणहरु प्रयोग गर्न उनले सुझाव दिएका छन् ।
यसैगरी ढुवानी बाहेक अन्य सवारी साधनमा जोरविजोर प्रणालीबाट संचालन हुने जनाइएको छ । साँझ ७ बजेपछि सवारी साधन चलाउन पाइनेछैनभने भेला, जुलुस, गोष्ठी, सेमिनार पूर्णरुपमा बन्द गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap