३० बैशाख २०८१, आईतवार

वीरेन्द्रनगरमा निषेधाज्ञा ३ दिन थप

कर्णाली प्रदेश मुख्य समाचार समाचार
वीरेन्द्रनगरमा निषेधाज्ञा ३ दिन थप
0 Shares

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा ३ दिन थप गरेको छ । सोमवार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो पटक निषेधाज्ञा तीन दिन थपेको हो । निषेधाज्ञा अव भदौ १२ गते राती १२ बजेसम्म हुनेछ ।
कोरोनाको संक्रमण दर बढ्दै गएको र चाडपर्वमा भीड बढी हुने भएकोले जोखिम बढ्ने भन्दै प्रशासनले भदौ १ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । त्यसपछि दोस्रो पटक पुनः चार दिन थपेर भदौ ९ गतेसम्म निषेधाज्ञाको अवधि बढाइएको थियोभने सोमवार बैठक बसेर तेस्रो पटक तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
यसैवीच सोमवार कर्णालीमा थप ५१ जना कोरोना संक्रमितहरु फेला परेका छन् । थप भएसँगै कर्णालीका कूल संक्रमितको संख्या दुई हजार २ सय ९५ पुगेको छ । सोमवार रुकुम पश्चिमका १८ जना, जाजरकोटका १५ जना, कालीकोटका ३, सुर्खेतका २, सल्यानका १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
सोमवार १९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कूल निको हुनेको संख्या एक हजार ९९२ जना पुगेको छ । अव कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या २९७ जना रहेको महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले बताए । कर्णालीमा ५१ हजार २४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap