२१ बैशाख २०८१, शुक्रबार

रकम हिनामिना अभियोगमा ४ नं. वडाका प्रशासन सहायक पक्राउ

कर्णाली प्रदेश मुख्य समाचार समाचार
रकम हिनामिना अभियोगमा ४ नं. वडाका प्रशासन सहायक पक्राउ
64 Shares

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कार्यालयबाट उठाएको राजश्व रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी हिनामिना गरेको अभियोगमा वीरेन्दनगर नगरपालिका ४ नं. वडा कार्यालयका करार सेवाका प्रशासन सहायक रत्नबहादुर विकलाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर १२ घर भएका विकलाई आयोगबाट खटिएको टोलीले आइतवार उनको घरबाटै पक्राउ गरेको हो । अख्तियार सुर्खेतका सूचना अधिकार मेघनाथ सापकोटाका अनुसार पक्राउ गरेपछि उनीमाथि थप अनुसन्धान भइरहेको छ । प्रशासन सहायक विकले उठेकाे राजश्व रकम खातामा जम्मा नगरी हिनामिना गरेको उजुरी परेपछि पक्राउ गरिएको उनले जनाए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap