२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोनाका सक्रिय बिरामी कम हुँदै

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोनाका सक्रिय बिरामी कम हुँदै
0 Shares

सुर्खेत । कर्णालीमा कोरोनाका सक्रिय बिरामीको संख्यामा कमी आउँदै गएको छ । कोरोनाको उपचारपछि घर जानेहरुको संख्या बढेपछि सक्रिय बिरामीहरुमा कमी आएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलवारसम्म कर्णालीमा कोरोनाको सक्रिय बिरामीको संख्या ३६५ रहेको छ । सोमवार यो संख्या ४२१ थियो ।

मंगलवार मात्रै एकैदिन विभिन्न क्वारेन्टाइनबाट ७१ जना निको भएर डिस्चार्ज भएका छन् । सवैभन्दा धेरै दैलेखको महाबु आइसोलेशनबाट ५६ जना, सुर्खेतको प्रदेश अस्पतालबाट नौ जना, दैलेखकै भैरवी आइसोलेशनबाट पाँच जना र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना गरी ७१ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।

निको भएर डिस्चार्ज हुनेको कूल संख्या एक हजार ७२ पुगेको छ । कर्णालीमा दिनदिनै डिस्चार्ज हुनेको संख्यामा पनि बृद्धि भएको छ ।

१६ थपिए

यसैवीच मंगलवार कर्णालीमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार मंगलवार थपिएका १६ जनामा रुकुम पश्चिमका आठ, दैलेखका तीन, कालीकोट, डोल्पाका २÷२ र बाँकेका एक जना रहेका छन् । यो सहित कर्णालीमा कूल कोरोना संक्रमितको संख्या एक हजार ४४३ पुगेको छ ।

यस्तै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ रहेको छ । दैलेखमा तीन, सुर्खेतमा दुई र डोल्पामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap