२१ बैशाख २०८१, शुक्रबार

कोरोना मुक्त हुनेहरुको संख्या एक हजार नाघ्योः अव सक्रिय बिरामी ४२० जना

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कोरोना मुक्त हुनेहरुको संख्या एक हजार नाघ्योः अव सक्रिय बिरामी ४२० जना
4 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना मुक्त हुनेहरुको संख्या एक हजार नाघेको छ । सोमवार मात्रै एकैदिन ४५ जना डिस्चार्ज भएपछि कोरोना मुक्त हुनेहरुको संख्या एक हजार नाघेको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवारसम्म कोरोनाबाट मुक्त हुनेहरुको कूल संख्या एक हजार १ पुगेको छ ।

सोमवार दैलेख अस्पतालबाट १७ जना, सुर्खेतको सालकोट आइसोलेशनबाट १४ जना, प्रदेश अस्पतालबाट ६ जना, दैलेखको गुराँस आइसोलेशनबाट ६ जना र सुर्खेतको लेकबेसी आइसोलेशनबाट २ जना गरी कूल ४५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको महाशाखाले जनाएको छ । कर्णालीमा दिनप्रतिदिन रोग जितेर डिस्चार्ज हुनेहरुको संख्या बढ्दै गएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।

सक्रिय बिरामी ४२० जना

यसैगरी कर्णालीमा कोरोनाको सक्रिय बिरामीको संख्या ४२० मा झरेको छ । कर्णालीमा कूल कोरोना सङ्क्रमितको संख्या एक हजार ४२७ पुगेको छ । एक हजार १ जना निको भएर डिस्चार्ज भएपछि कोरोनाका सक्रिय बिरामीको संख्या अव ४२० भएको महाशाखाले जनाएको छ । कर्णालीमा सवैभन्दा धेरै दैलेखमा सङ्क्रमित फेला परेका थिए । दैलेखमा ७६०, सुर्खेतमा ३४७, सल्यानमा १७७, कालीकोटमा ४७, जुम्लामा ३० र जाजरकोटमा १० जना सङ्क्रमित फेला परेका थिए । प्रदेशका डोल्पा, मुगु, हुम्ला र रुकुमपश्चिमा एकोहोरो अंकमा फेला परेका छन् ।

यस्तै कर्णालीमा कोरोनाको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । दैलेखमा तीन, सुर्खेतमा दुई र डोल्पामा एक जना गरी कूल ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको महाशाखाले जनाएको छ ।

सुर्खेतको पिसिआर मेसिन बिग्रियो

प्रदेश अस्पतालमा रहेको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन बिग्रिएको छ । मेसिन बिग्रिएपछि दुई दिनदेखि परीक्षण हुन सकेको छैन । मेसिन बिग्रिएकोले बनाउने प्राविधिलाई बोलाउनुपर्ने भएकोले मेसिन बन्न केही दिन लाग्न सक्ने जनाइएको छ । मेसिन बिग्रिएपछि परीक्षणको काम पनि ठप्प छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap