२० बैशाख २०८१, बिहीबार

बिरामीका आफन्तले ढाँट्दा प्रदेश अस्पतालको आकस्मिक कक्ष शिल

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
बिरामीका आफन्तले ढाँट्दा प्रदेश अस्पतालको आकस्मिक कक्ष शिल
0 Shares

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका विरामी तथा उहाँका आफन्तले ढाँट्दा आकस्मिक कक्षा २४ घन्टाको लागि सिल गरिएको छ । बराहताल गाउँपालिका ४ को भेरी माविको क्वारेन्टाइनमा बसेका ५० बर्षीय पुरुषलाई सर्पलाई डसेको भन्दै मंगलवार उपचार गराउन प्रदेश अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
आकस्मिक कक्षमा उपचाररत रहेका बेला ती पुरुषको मंगलवार राती नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष २४ घन्टाको लागि सिल गरिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बिरामी तथा उहाँका आफन्तले क्वारेन्टाइनमा बसेको भनेर इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जानकारी नदिएका कारण आकस्मिक कक्ष सिल गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार इमर्जेन्सीमा भर्ना गरिएका बिरामीलाई मंगलवार राती नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अहिले प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ । आकस्मिक कक्षमा रहेका पाँच जना चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि आइसोलेशनमा राखिएको जानकारी निर्देशक डा. खड्काले दिनुभयो ।
ती पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका ११ दिन पुगेको अस्पतालले जनाएको छ । क्वारेन्टाइनमा भएको बराताल गाउँपालिकाका जनप्रतिनिधि र त्यहा खटिएका स्वास्थ्यकर्मीसमेतले जानकारी नदिएको निर्देशक डा. खड्काले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टिनका विरामी भएको जानकारी दिएको भए उसलाई छुटै राखेर उपचार गरिने व्यवस्था मिलाइने थियो । तर जानकारी नदिदाँ इमर्जेन्सीमा खटिएका जनशक्ति घटेको र अव आउने विरामीलाई थप उपचार दिन समस्या हुने उहाँको भनाई छ ।
इमर्जेन्सी कक्षमा भएका बिरामीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नु भन्दै पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले बताउनुभयो । स्वास्थ्यकर्मीहरुमा त्रासको वढेको छ । उहाँलाई ल्याउने एम्वुलेसन र उनीसग सम्पर्क भएकाहरुको ट्रेसिङ गर्नुपर्ने फोकल पर्सन पौडेलको भनाइ छ ।
बिरामी तथा आफन्तले जानकारी नगराउँदा अवस्था तनावपूर्ण भएको छ । निर्देशक डा. खड्काले सही सूचना दिन बिरामी तथा आफन्तहरुलाई आग्रह गर्दै यदि त्यसो नभए अस्पतालले दिइरहेका सवै सेवा बन्द हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार कोरोना पुष्टि भएका व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap