२० बैशाख २०८१, बिहीबार

व्यवसायीहरुद्वारा छुट माग्दै प्रशासनमा ज्ञापन

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
व्यवसायीहरुद्वारा छुट माग्दै प्रशासनमा ज्ञापन
29 Shares

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले बैंकको व्याज, महशुल तथा घरभाडामा छुटलगायत विभिन्न मागहरु राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा व्यवसायीहरुले विहान बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा ७ वटा बुँदाहरु उल्लेख गरिएका छन् । बन्दाबन्दी अवधिभरको घरभाडा मिनाहा गर्नुपर्ने, उद्योग व्यवसाय शुरु गर्दा राज्यका निकायहरुले शुरुदेखि नै लिने सम्पूर्ण किसिमका राजश्व, महशुल, शुल्क निश्चित अवधिका लागि छुट दिनुपर्ने, बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन गरी राहत एवं सहयोगको प्याकेज निर्धारण गर्न निजी क्षेत्रको समेतको प्रतिनिधित्वमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने, बन्दाबन्दीमा ठप्प रहेका उद्योग,व्यवसायहरुलाई सरकारले आर्थिक अनुदानका साथै यस अवधिसम्मको श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागि पचास प्रतिशत आर्थिक सहयोग गर्नुपर्ने बुँदा ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी सरकारी अनुदान वा सहयोग दिंदा सर्वाधिक प्रभावित उद्योग, व्यापार, कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रगत उद्योगी, ब्यापारीको पहिचान गरी प्राथमिकता दिनुपर्ने, सबैखाले उद्योग व्यवसायलाई बन्दाबन्दी अवधिभरको बैंकब्याज पूर्णरुपमा मिनाहा गरी बन्दाबन्दी पूर्णरुपमा खुलेको ६ महिनापछि मात्र आयकर तथा बैंक किस्ता बुझाउने व्यवस्था मिलाउनुपर्ने, पुरानो धितोजमानीका आधारमा न्यूनतम ब्याजदरमा थप ५० प्रतिशत पुनर्कर्जा दिने व्यवस्था मिलाउनुपर्ने बुँदापनि ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा यस्तो विषम् संकट र चुनौतिको सामना गरिरहेको निजी क्षेत्रको यो अवस्थालाई बेवास्ता गर्दै सरकार कर मात्र असुल उपर गर्ने ध्याउन्नमा लाग्ने होभने सम्पूर्ण उद्योग व्यवसायका तालाचाबी सरकारलाई बुझाई सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहने चेतावनी संघले दिएको छ । साथै सरकारले व्यवसायीका मागहरु पूरा गरी आप्mनो अभिभावकीय जिम्मेवारी पूरा गरोस् भन्ने कामनासमेत ज्ञापनपत्रमा गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap