२० बैशाख २०८१, बिहीबार

कर्णालीमा टिप्पर खस्दा २ को मृत्यु, ६ बेपत्ता

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कर्णालीमा टिप्पर खस्दा २ को मृत्यु, ६ बेपत्ता
0 Shares

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् । भारतबाट आएकाहरूलाइ रास्कोट क्वारेन्टाइनमा लैजान भनी टिपरमा राखिएको थियो । ३९ जना रहेको टिपर नदीमा खस्दा २ जनाको मृत्यु भएको हो । मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेको प्रहरीले जनाएको छ । घटनाका घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । घटनामा ६ जना वेपता भएको बताइन्छ । ३१ जनाको उद्दार भएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो ।
टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको छ । टिपर पुरै डुबेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap