१४ बैशाख २०८१, शुक्रबार

सल्यान र सुर्खेतमा कोरोना सङ्क्रमित बढ्दै, कूल ६४१ पुगे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सल्यान र सुर्खेतमा कोरोना सङ्क्रमित बढ्दै, कूल ६४१ पुगे
10 Shares

सुर्खेत ।

दैलेखपछि सल्यान र सुर्खेतमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । आइतवार सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा ५१ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन गरी कूल ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा सङ्क्रमितको संख्या ६४१ पुगेको छ ।
आइतवार थप नयाँ सङ्क्रमितमा सवैभन्दा धेरै सल्यानका २८ जना छन् । त्यसपछि सुर्खेतका २० जना थपिएका छभने दैलेख र कालीकोटमा तीन÷तीन जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुर्खेतमा वीरेन्द्रनगर २ का दुई जना, भेरीगंगा ९ का दुई जना, बराहतालका दुई जना, चौकुनेका दुई जना, लेकबेसीका छ जना र पंचपुरीका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार उनीहरु सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
आइतवार ५४ जना नयाँ थपिएपछि कर्णालीमा सङ्क्रमितको कूल संख्या ६४१ पुगेको छ । जसमा सवैभन्दा धेरै दैलेखका ३५७ जना रहेका छन् । मन्त्रालयका अनुसार त्यसपछि सल्यानमा ११९ जना, सुर्खेतमा ९१ जना, कालीकोटमा २८ जना, जुम्लामा २२ जना, जाजरकोटमा पाँच जना, मुगुमा दुई जना र डोल्पा तथा हुम्लामा एक÷एक जनामा सङ्क्रमण फेला परेको छ ।
यस्तै अन्य प्रदेशका विभिन्न जिल्लाको १५ जनामा कोरोन पुष्टि भएको छ । कर्णालीमा जेठ ५ गतेदेखि कोरोना देखिन सुरु भएको हो । यो अवधिमा कोरोना सङ्क्रमणबाट सुर्खेत, दैलेख र डोल्पाका एक÷एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap