१४ बैशाख २०८१, शुक्रबार

यसरी बच्नुहोस् कोरोनाबाट

कर्णाली प्रदेश मुख्य समाचार विचार शिक्षा / स्वास्थ्य समाचार
यसरी बच्नुहोस् कोरोनाबाट
0 Shares

विश्वभर फैलिरहेको कोरोना भाइरसका बारेमा सहि जानकारी नहुँदा हाल मानिसमा त्रास उत्पन्न भएको छ। केहि मानिसहरुले केहि यस्ता सावधानी अपनाइरहेका छन् जसको आवश्यकता छैन । जस्तैः रुघा खोकी बिना नै मास्क लगाएर हिँड्दैछन् भने कोहि सामान्य रुघा खोकीमा पनि कोरोना संक्रमणको जोखिम महसुस गर्दैछन् ।
कपडाबाट हुने संक्रमण जोखिमः हामीमध्ये धेरैलाई हरदिन लगाउने कपडाबाट कोरोना भाइरसको संक्रमण हुने वा नहुनेमा आशंका छ। कपडाबाट कारोना संक्रमणको जोखिम पक्का पनि छ। बाहिर लगाएर गएका कपडा घर आउनासाथ तुरुन्त धुनुपर्छ किनकि बाहिर निक्लँदा हामी धेरै मानिससँग ठोक्किन सक्छौँ जसकारण संक्रमण कपडाको माध्यमबाट भित्रिन सक्छ। त्यसमाथि कपडालाई छोएर हातले मुख वा नाक छुँदा संक्रमित भइन्छ । तर जुत्ता, चप्पल संक्रमण फैलिदैन । घडी लगाउनेले घडीलाई सेनिटाइज गर्नु आवश्यक छ किनकि घडीमा आएका भाइरसका थोपा वा छिटाबाट पनि संक्रमण भित्रिन सक्छ । युएस जन्स हप्किंस सेन्टर फर हेल्थ सेक्युरिटी इन म्यारिल्याण्डका एमडी अमेश ए अदलजाका अनुसार कपडामा भाइरस केही घण्टादेखि केही दिनसम्म रहन सक्छ। यो वातावरणिय अवस्थामा निर्भर रहन्छ ।
जस्तै तापमान, ह्युमिडिटीले भाइरसको वृद्धिमा फरक पार्न सक्छ।कम्प्युटर, मोबाईल वा ल्यापटपबाट कोरोना सर्छ? लकडाउनको समयमा अहिले धेरैको समय व्यतित गर्ने तथा काम गर्ने माध्यम नै कम्प्युटर, मोबाईल तथा ल्यापटप भएको छ। तर यी ग्याजेट्समा संक्रमण हुने जोखिम अत्याधिक छ। त्यसकारण मोबाईल, ल्यापटप तथा कम्प्युटरलाई सेनिटाईज गर्नु आवश्यक छ।
संक्रमित व्यक्तिको सम्पर्कमा रहँदा मात्र उक्त भाइरस सर्ने सम्भावना छ। संक्रमण आफै उत्पन्न हुँदैन, कतै न कतैबाट सर्ने गर्दछ। न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनकाअनुसार तामाको वस्तुमा कोरोना भाईरस ४ घण्टासम्म रहन सक्छ। यस्तै गत्तामा २४ र स्टील तथा प्लास्टिकमा ७२ घण्टासम्म भाईरसको अवशेष रहन सक्छ।धेरैले हावाका माध्यमबाट कोरोना भाइरस नसर्ने तर्क गरेतापनि अध्ययन अनुसार हावामा केहि मिनेटसम्म भाइरस रहने गर्दछ।
हावाबाट भाईरस जमिनमा सर्दछ। त्यसकारण पनि अहिले घर बाहिर ननिस्कन अपिल गरिदैछ। अमेरिकाको नेश्नल इंस्टीच्युट अफ इंफेक्शियस डिजीजको अध्ययनअनुसार संक्रमित भाइरस हावामा ३ घण्टासम्म रहन सक्छ। यस अध्ययनको नतिजा न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा १७ मार्च २०२० मा प्रकाशित भएको थियो।परिवारसँग पनि दुरी राख्नु आवश्यक मानिससँगको दुरीको बारेमा बारम्बार जनचेतना फैलाईदैछ तर केहिले संक्रमण नभएका व्यक्ति हो भन्दै दुरी कायम नगरेको अवस्था छ।
यस्तो अवस्थामा हर व्यक्तिसँग दुरी राख्नु आवश्यक छ। घरमै रहँदा परिवारसँग पनि करिब १ मीटरको दुरी राख्नु आवश्यक छ। किनकी कोभिड १९ को संक्रमण जो कोहिबाट पनि सर्न सक्छ।मास्कको प्रयोगमा सीमितता स् मास्कको प्रयोगबारे पनि यहाँ प्रश्न उठिरहेको छ। वास्तवमा मास्कको आवश्यकता हरेक समयमा जरुरी छैन। एन ९५ मास्कको प्रयोग त केवल डाक्टर र नर्सका लागि मात्रै हो।
तर यदि कसैलाई रुघा खोकी लागेको छ भने अन्य व्यक्तिलाई संक्रमण नहोस् भन्नका लागि मास्क लगाउनुपर्छ। बिनाकारण मास्क लगाउँदा बजारमा कालोबजारी बढेको पनि देखिन्छ।ढोकामा पनि हुनसक्छ भाईरस ढोका समात्दा के कोरोना भाइरसको संक्रमण हुन सक्छ? भन्ने पनि धेरैको जिज्ञासा छ। कोरोना भाइरसको संक्रमण थोपाबाट हुने गर्दछ। यदि यि भाइरसका थोपा हावाबाट कुनै सतहमा आउँछ र तपाईंले हातले छुनुहुन्छ भने तपाईं संक्रमित हुन सक्नुहुन्छ।
तर उक्त हातले नाक वा मुखमा छोएमा मात्र संक्रमित भईनेछ। त्यसकारण बारम्बार हात धुन तथा सेनिटाईजर प्रयोग गर्नु जरुरी छ।कोरोना परीक्षण कुन अवस्थामा गर्ने ? हल्का रुघा खोकी र ज्वरो आएमा कारोना भाइरसको परीक्षण गर्नु आवश्यक छैन। कोरोना भाइरस परीक्षण गर्नका लागि दुई अवस्थामा जानुपर्नेछ। यदि कोहि पछिल्ला केहि दिनमा विदेश यात्रा गर्नुभएको छ र यदि तपाईको सम्पर्क कोरोना भाइरस संक्रमितसँग रहेको छ। यो मौसममा रुघा खोकी लाग्नु सामान्य हो।
औषधी उपचारबाट निको हुन्छः कोरोना भाइरसको संकेत सामान्यतया ५ वा ७ दिनमा देखिने गर्दछ। तथापी कहिलेकाहि संक्रमण देखिन १४ दिनको समय पनि लाग्न सक्छ। त्यसकारण अबजर्वेशन समय १४ दिनको हुने गर्दछ। कोहि मानिस कोरोना संक्रमितसँग सम्पर्कमा रहेमा तुरुन्त सेल्फ क्वारेन्टाईनमा रहनु आवश्यक छ। कोरोना भाइरसको १ मिटरसम्म फैलिन सक्ने संभावना रहन्छ त्यसैले हर मानिस बिचको दुरी १ मिटरभन्दा धेरै हुन जरुरी छ। अन्यथा संक्रमित हुने डर हुन्छ।
अस्पताल अत्यावश्यक भएमा मात्र जाने गरौँः हालको अवस्थामा अस्पताल सकेसम्म र सामान्य अवस्थामा नजाऔँ। अस्पतालमा भीड धेरै हुने तथा बिरामी र संक्रमित हुन सक्ने जोखिम रहेकाले जटिल अवस्थामा मात्र अस्पताल जानुपर्छ।गर्मीले भाइरस मर्दैन गर्मी मौसममा कोरोना भाइरस मर्छ भन्न उचित हुँदैन। किनकी सिंगापुर, थाईल्याण्ड जस्ता बढि गर्मी हुने स्थानमा पनि उक्त भाइरसका संक्रमित फेला पारिएको छ। गर्मी मौसममा पनि धेरै हुलमुलमा जाँदा पनि संक्रमित हुने जोखिम रहन्छ। त्यसैले भीडभाडबाट टाढा रहनु नै उचित हुन्छ।संक्रमित व्यक्तिमा फेरी देखिन सक्छ कोरो कोरोना भाइरस संक्रमित व्यक्तिमा फेरी पनि देखिन सक्छ। तर पहिले जस्तो असर भने देखिदैँन। अहिलेको अवस्थामा सबैभन्दा उचित विकल्प सामाजिक दुरी कायम गर्नु नै हो। संसारभरका देशको अनुभव र रिसर्च हेर्दा यो नै संक्रमण रोकथामका लागि उत्तम उपाय हो।
योगा वा व्यायामले भाइरस रोक्न सक्दैनः योगा वा व्यायामका कारण कोभिड १९ बाट बच्न सकिन्छ भन्ने कुनै प्रमाण नरहेको बताइएको छ। यद्यपी प्रतिरोधात्मक क्षमताको वृद्धिका लागि भने व्यायाम तथा योगा गर्नु लाभदायक रहन्छ। प्रतिरोधात्मक क्षमताको वृद्धि हुँदा कोभिड १९ को खतरा अलि कम भने रहन्छ। रक्तदान गर्दा स्वास्थ्य मानिसको छनौट गर्नुपर्छ।
रक्सीको सेवन गर्नेलाई जोखिमः बढी रक्सीको प्रयोगले शरिरको प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ जसकारण संक्रमणको डर बढि हुन्छ। चुरोटको सेवन पनि कोरोनाका लागि राम्रो मानिदैंन। चुरोट सेवन गर्दा संक्रमण निको हुन लामो समय लाग्छ । ह्याण्ड स्यानिटाइजर कि साबुन पानी उत्तम विकल्प ? दैनिक साबुन पानीले राम्ररी हात धुनु कोरोनाबाट बच्ने राम्रो उपाय हो।
तर बाहिर निस्केमा र पानीको व्यवस्था नभएमा स्यानिटाईजरको प्रयोग गर्नु उत्तम हुन्छ।माछा मासु खाँदा संक्रमण हुन्छ? खाना बाहिर खाँदा वा माछा मासु खाँदा कोरोना भाइरसको संक्रमण हुने कुराको कुनै प्रमाण छैन। यो भाइरसको शुरुवात जनावरबाट भई मानिसबाट आएको हो। तर माछा मासु खानेलाई हुन्छ भन्ने हुँदैन ।
सफाईमा बारम्बार ध्यान दिनुपर्नेः ढोका, ह्याण्डल, ट्वाइलेटको हरदिन राम्रोसँग सफाई गनुपर्छ। बजारमा भेटिने क्लीनरको उपयोग गर्दा उचित हुन्छ। जुन सामाग्री हरदिन हामी पटक पटक छुन्छौँ, ति चिजको बारम्बार सफाइ गर्नुपर्छ। कुर्चीको माथिल्लो भाग, ढोकाको ह्यान्डल, ट्वाइलेट, फोन, कीबोड्र्स, टेब्लेट्स आदि सफा गरीरहनुपर्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Share via
Copy link
Powered by Social Snap