२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोना सङ्क्रमण दर तीब्रः शनिवार मात्रै ९८ जना थप, कूल ५८७ पुग्यो

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना सङ्क्रमण दर तीब्रः शनिवार मात्रै ९८ जना थप, कूल ५८७ पुग्यो
0 Shares

सुर्खेत ।

कर्णालीमा कोरोना सङ्क्रमितहरुको संख्या थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिवार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ५८७ पुगेको छ । शुक्रवार कर्णालीमा १०० जना र विहीवार ११४ जनामा सङ्क्रमण देखिएको थियो ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिवार दैलेखमा मात्रै ४६ जना सङ्क्रमित थप भएका छन् । यस्तै सल्यानमा ३९ जना, सुर्खेतमा नौ र जाजरकोटमा तीन जना थप भएको मन्त्रालयले शनिवार अपरान्ह ४ः१५ मा जारी गरेको सूचनामा उल्लेख छ । डोल्पामा मृत्यु भएको एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि मन्त्रालयले गरेको छ । शनिवार थप भएका सङ्क्रमितमा पाँच महिना र १८ महिनाका शिशुसमेत छन् ।
दैलेखमा कूल सङ्क्रमितको संख्या ३५४ पुगेको छ । सुर्खेतमा ७१ जना, सल्यानमा ९२ जना र जाजरकोटमा चार पुगेको छ । यस्तै कालीकोटमा २५, जुम्लामा २२, मुगुमा दुई र हुम्लामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
डोल्पामा एकको मृत्यु
यसैवीच जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला ३ का पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले ती पुरुषको स्वाब संकलन गरी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि दैलेख र सुर्खेतमा एक÷एक जनाको मृत्यु भइसकेको छ ।
नौ जिल्लामा सङ्क्रमण
कोरोनाबाट कर्णालीका नौ जिल्ला सङ्क्रमण भएका छन् । रुकुमपश्चिममा मात्र सङ्क्रमण देखिएको छैन । कर्णालीमा सवैभन्दा धेरै दैलेख जिल्लामा सङ्क्रमित देखिएका छन् । कर्णालीमा कोरोना सङ्क्रमण देखिएका सवै भारतबाट आएका हुन् ।
सात जना निको
कर्णालीमा कोरानो सङ्क्रमणको उपचारपछि सात जना निको भएका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रहेका ६७ जनामध्ये सात जना निको भएका हुन् । उहाँहरुलाई शुक्रवार विदाई गरिएको छ । अस्पतालमा अव ६० जना उपचाररत छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap