२१ बैशाख २०८१, शुक्रबार

बिराेधपछि पार्क निर्माणकाे काम राेक्न पत्राचार

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
बिराेधपछि पार्क निर्माणकाे काम राेक्न पत्राचार
11 Shares

सुर्खेत ।

चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाइ आग्रह गरेको छ।
बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति प्रतिष्ठानको निर्माण गर्न अनुमति दिएपछि यसको चर्को विरोध थियो । घण्टाघरपार्क सँग जोडिएको सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा नगरपालिकाले स्मृति प्रतिष्ठान बनाउन अनुमति दिएको थियो।
नगरपालिकाले प्रतिष्ठान निर्माणको लागि भन्दै गत फागुन र चैतमा पार्क निर्माणको अनुमति दिएको थियाे ।
चैत ७ गते प्रतिष्ठानलाई दिएको पत्रमा क्याप्टेन दिनेश स्मृति पार्क निर्माणका लागि माग भएको जग्गाका विषयमा छलफल भएको स्टिमेट अनुसार पार्क निर्माणका लागि स्वीकृति प्रदान गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले निति नियम विपरित जग्गा दिएको भन्दै नागरिक समाजले विभिन्न निकायमा निवेदन दिएका थिए।
पार्क निर्माणको विषयलार्इ लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी समेत परेको छ।शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले पार्क निर्माणको अनुमति दिएको भन्दै आपति जनाएपछि नगरपालिका बाध्य भएर रोक्न पत्र काटेको हो। कार्यपालिकाका सदस्यले केही व्यक्तिकाे स्वार्थको लागि बीरेन्द्रनगरको मुटुमा रहेको जग्गा हचुवाको भरमा दिएको भन्दै त्यो आफूहरुको लागी मान्य नहुने बताएका छन।
निर्माण कार्य शुरुभएदेखि विधि र प्रकृया मिचेर पार्क निर्माण भएको विभिन्न संञ्चार माध्यमहरु समाचारहरु सार्वजिनक भएपछि नगरपालिका बाध्य भएर आफ्नै निर्णयबाट पछि हटेको हो। यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित पत्रमा नगर विकास समिति र नगरपालिकाको बैठक बसेर थप निर्णय गर्नुपर्ने भएकाले तत्काल काम काम रोक्का गर्न आग्रह गरिएको छ।
पत्रमा नागरिक समाज र संञ्चार माध्यमा कानुनी आधारको खोजी भएकाले नगरपालिका र नगरविकास समितिको बैठकबाट थप्प निर्णय नभए सम्मका लागि काम रोक्का गर्न पत्र काटेको हो।
यसैबीच पार्क निर्णमाको लागि डिभिजन वन कार्यालयले विना सम्झौता ठेकेदारलार्इ नौ लाख रकम भुक्तानी दिइसकेको छ। प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ४० लाख रुपैयाँ दिएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap