२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोना सङ्क्रमित ५ सय नजिक, आठ जिल्लामा सङ्क्रमण

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना सङ्क्रमित ५ सय नजिक, आठ जिल्लामा सङ्क्रमण
0 Shares

सुर्खेत ।

कर्णालीमा कोरोना सङ्क्रण तेहेरो अंकमा बढिरहेको छ । शुक्रवार गरिएको पिसिआर परीक्षणमा १०० जना नयाँ कोरोना सङ्क्रमितहरु फेला परेपछि कर्णालीममा कूल ४८९ जना पुगेको छ । विहीवारदेखि यहाँ तेहेरो अंकमा कोरोना बढेको छ । विहीवार ११४ जना नयाँ फेला परेका थिए ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा तीन गरी १०० जना नयाँ कोरोना सङक्रमित पुष्टि भएको हो । ती मध्य दैलेखमा मात्रै ९१ जना थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखपछि जुम्लामा तीन, हुम्ला, सुर्खेत र जाजरकोटमा एक÷एक थपिएका छन्भने गोरखा, रामेछाप र दोलखाका एक÷एक जनाको पनि कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कर्णालीमा गरिएको परीक्षणमा फेला परेका कूल ४८९ जना मध्ये कर्णाली प्रदेशका आठ जिल्लाका ४७४ जना र बाँकी १५ जना अन्य प्रदेशका ६ जिल्लाका रहेका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेखमा दुल्लु नगरपालिकामा २७ जना, महाबु गाउँपालिकामा ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै जुम्लाको चन्दनानाथ नगरपालिकामा तीन जना, हुम्ला चंखेली गाउँपालिकाका एक जना, सुर्खेतको पंचपुरी नगरपालिकाका एक जना र जाजरकोटको भेरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उहाँको भनाइ छ ।
सवैभन्दा धेरै दैलेखमा
योसँगै दैलेखमा कूल ३०८ जना पुगेका छन् । यस्तै सुर्खेतमा ६२, सल्यानमा ५३, जुम्लामा २२, कालीकोटमा २५ र मुगुमा दुई जनामा सङ्क्रमित छन् ।
मृत्यु हुनेको संख्या २
यसैगरी बिहीवार मृत्यु भएका सुर्खेत पंचपुरी नगरपालिका १ का २० बर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या कर्णालीमा दुई पुगेको छ । यसअघि दैलेख दुल्लुका पुरुषको पनि मृत्यु भएको थियो ।
हुम्ला र जाजरकोटमा पनि सङ्क्रमण
शुक्रवारको परीक्षणमा हुम्ला र जाजरकोटका व्यक्तिहरुमा पनि कोरोना पुष्टि भएपछि त्यो जिल्ला पनि सङ्क्रणमा परेको छ । यीसहित कर्णालीका आठ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । कर्णालीमा १० जिल्लामध्ये अव डोल्पा र रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap