२१ बैशाख २०८१, शुक्रबार

कोरोनालाई जित्ने यी सात जना

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कोरोनालाई जित्ने यी सात जना
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर शुक्रवार घर फर्किएका छन् । कोरोनालाई जित्नेहरुमा सुर्खेतका पाँच, दैलेखका एक र बोल्न नसक्ने महिला एक गरी सात जना रहनुभएको छ ।
कोरोनालाई जितेर घर फर्कन पाएको उहाँहरुले खुशी व्यक्त गर्नुभएको छ । सुर्खेतका पुरुष कोरोना लागिहालेमा नआत्तिएर आत्मबल बलियो बनाउन सके पराजित गर्न सकिने बताउनुभयो । उहाँले शारीरिक व्यायाम, खानपानमा सचेत रहनुपर्ने पनि सुझाव दिनुभयो । कोरोनालाई जितेकोमा खुशी व्यक्त गर्दै उहाँले रोग लाग्नासाथ मरिन्छ भन्ने भावना हटाउनुपर्ने बताउनुभयो ।
६७ जना सङ्क्रमित रहेको सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा सात जना घर फर्किएपछि अब ६० जना सङ्क्रमित बाँकी हुनुहुन्छ । कोरोना विशेष अस्पतालका फोकलपर्सन डा. केएन पौडेलले सङ्क्रमितहरुको उपचारमा विशेष सजगता अपनाइएको जानकारी दिनुभयो । उहाँले यहाँका सङ्क्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएको र आत्मबल बढाउने सुझावपनि दिइएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap