२० बैशाख २०८१, बिहीबार

सुर्खेत, दैलेख र सल्यानमा थपिए कोरोना सङ्क्रमित, २३३ जना पुगे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेत, दैलेख र सल्यानमा थपिए कोरोना सङ्क्रमित, २३३ जना पुगे
0 Shares

सुर्खेत, १९ जेठ ।
कर्णालीमा सोमवार दिउँसो ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि कूल संख्या २३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमवार साँझ ५ः१३ मा जारी गरेको सूचना अनुसार ३५ सुर्खेत, दैलेख र सल्यानका ३५ जना थपिएपछि सङ्क्रमितको संख्या २३३ पुगेको हो । विहान ११ बजेसम्म सङ्क्रमितको संख्या १९८ थियो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमवार दिउँसो प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, दैलेख र सल्यानका गरी ३५ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा १६, दैलेख र सल्यानमा समान ९÷९ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतमा थप भएकामध्ये लेकबेसी नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका तीन र पञ्चपुरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा नारायण नगरपालिकाका सात, चामुण्डा विन्द्रासैनी नगरपालिकाका एक÷एकमा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानमा बनगाड कुभिण्डे नगरपालिकाका नौ जनामा पुष्टि भएको छ । यस्तै अछामका एक जनामा पुष्टि भएको छ । योसहित दैलेखमा सवैभन्दा धेरै ९८ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि सुर्खेतमा ५०, सल्यानमा ४४ पुगेको छ ।
जुम्लामा १९ जना, कालीकोटमा १८ जना, मुगुमा एक जना र सुर्खेतमा गरिएको परीक्षणमा बाजुरा, बझाङ र अछामका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । जुम्लाका दुई प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । कोरोनाबाट कर्णालीमा एक जनाको मृत्यु भएको छ । दैलेखका युवकको मृत्यु भएको हो । कर्णालीका १० जिल्ला मध्ये सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, सल्यान र मुगुमा कोरोना सङ्क्रमण फैलिएको छभने जाजरकोट, रुकुमपश्चिम, हुम्ला र डोल्पामा सङ्क्रमण देखिएको छैन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap