२० बैशाख २०८१, बिहीबार

पार्क निर्माण कार्य रोक्न ध्यानाकर्षण

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
पार्क निर्माण कार्य रोक्न ध्यानाकर्षण
0 Shares

सुर्खेत, १९ जेठ ।
वीरेन्द्रनगर घन्टाघर नजिकै व्यक्ति विशेषको नामबाट हुन लागेको भनिएको पार्क निर्माण कार्य अविलम्ब रोक्न सुर्खेत उद्योग बाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । संघले सोमवार विज्ञप्ति जारी गरी नगरबासीको भावनालाई मनन् गरी पार्क निर्माण कार्य रोकेर बैकल्पिक उपाय अपनाउन सुझाएको छ ।
प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा दिनदिने जनघनत्व बढ्दै गएकोले पार्किङ तथा खुला स्थानको अभाव रहेको बेला वीरेन्द्रनगरको मुख्य केन्द्रमा सार्वजनिक जग्गामा व्यक्ति विशेषको नामबाट पार्क बनाउने कार्य गुरुयोजना र नगरबासीको भावना विपरित भएको भन्दै विज्ञप्तिमा सार्वजनिक स्थानको महत्व बुझेर दीर्घकालीन योजनाका साथ योजना बनाउन आग्रह गरिएको छ ।
गुरुयोजना बनाउँदा व्यक्तिका नाममा पार्क बनाउन सरकारी बजेट र सार्वजनिक जग्गा मास्दै जाने प्रवृत्तिले भोलिका दिनमा झन भयानक जटिलता आउनसक्नेतर्फ सचेत गराइएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा प्राणको आहुति दिएका शहीदको सम्मान र सम्झनामा हालसम्म कुनैपनि संरचना निर्माणमा बेवास्ता भइरहेको बेला कुनै व्यक्ति विशेषका नाममा बनाइने पार्कले विरोध र आलोचनामात्र निम्तिने हुँदा नगरबासीको भावनालाई मनन् गरी अविलम्ब उक्त पार्कको निर्माण कार्य रोक्नुपर्ने माग संघका महासचिव लक्ष्मण कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त स्थानमा क्याप्टेन दिनेश स्मृति पार्क बनाउन अनुमति दिएको छ । पार्कका लागि संघ सरकारको ३० लाख र कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४० लाख गरी कूल ७० लाखको लागतमा बन्ने बताइएको छ । नगरपालिकाले भने गुरुयोजना अनुसार नै पार्क निर्माणको काम सुरु भएको तर कुनै व्यक्ति विशेषको लागि किटानी नगरिएको दावी गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap