२१ बैशाख २०८१, शुक्रबार

२९ सङ्क्रमित थपिएपछि २६२ पुग्यो

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
२९ सङ्क्रमित थपिएपछि २६२ पुग्यो
0 Shares

सुर्खेत, २० जेठ
मंगलवार सुर्खेत र सल्यानमा नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलवार विहानसम्म २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयले मंगलवार बिहान १२ बजे प्रकाशित गरेको सूचना अनुसार नयाँ २९ जना थप भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको संख्या २६२ जना पुगेको छ । सोमवार बेलुकासम्म कर्णालीमा २३३ जना थियो ।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मंगलवार थप भएका २९ जनामध्ये सुर्खेतमा ११ जना र सल्यानमा नौ जना र अछामका नौ जना रहेको जानकारी दिनुभयो । यो संगै सुर्खेतमा कूल सङ्क्रमितको संख्या ७० पुगेको छ । मंगलवार नयाँ थप भएका ११ जनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का आठ जना र वडा नं. ३ का तीन जना रहेका छन् ।
सल्यानमा नयाँ थप भएसँगै कूल संख्या ५३ पुगेको छ । कर्णालीमा सवैभन्दा धेरै दैलेखमा ९८ जना पुगेको छ । जुम्लामा दुई प्रहरीसहित १९ जना, कालीकोटमा १८ जना, मुगुमा एक जनामा पुष्टि भएकोमा छ । कर्णालीमा गरिएको परीक्षणमा बाजुरा र बझाङका एक एक जना पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा यसअघि अछामका एक जना रहेकोमा मंगलवार गरिएको परीक्षणमा नौ जना थपिएपछि १० जना पुगेको छ ।
कर्णालीमा बाहिर आउनेहरुको संख्या अझै रोकिएको छैन । दैनिक आधा दर्जन बसमा बाहिरबाट कर्णाली भित्रिने क्रम जारी नै रहेको छ । जसका कारण कोरोना संक्रमितहरुको संख्या पनि दैनिकजसो बढिरहेको छ । अहिलेसम्म कर्णालीमा दैलेख दुल्लुका एक युवकको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap