२३ बैशाख २०८१, आईतवार

गढी पदमार्ग निर्माणको काम धमाधम

कर्णाली मुख्य समाचार
गढी पदमार्ग निर्माणको काम धमाधम
0 Shares

सुर्खेत।  वीरेन्द्रनगर ४ को खोर्केदेखि वीरेन्द्रनगर १४ गढीसम्मको पुरानो सडकलाई पदमार्ग नामाकरण गरी निर्माणको काम धमाधम भइरहेको छ ।

वीरेन्द्रनगर ४ खाेर्के गढीकाे निर्माणाधीन गढी पदमार्ग

वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, सचिव अमरबहादुर कार्कीलगायतको उपस्थितिमा पदमार्गको शिलान्यास गरेपछि अहिले ढुंगा विछ्याउने काम थालिएको छ ।

कर्णाली प्रदेश सरकारको करिव ८५ लाखको लागतमा थालिएको सो पदमार्गको पहिलो चरणमा करिव ८०० मिटर तयार पारिनेछ । पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले प्रदेश सरकारले करिव ६८ लाख र बाँकी करिव १७ लाख स्थानीयले जनश्रमदान गरिने बताए । वीरेन्द्रनगर ४ को खोर्केको निर्माणाधीन शहीद पार्क स्थलदेखि करिव गढीसम्मको कूल चार किलोमीटर उक्त पैदलमार्ग पहिलो चरणमा झण्डै ८०० मिटर तयार हुनेछ ।

निर्माण समितिका सचिव अमरबहादुर कार्कीले पदमार्गको काम डिभिजन बन कार्यालयमार्फत हुने जानकारी दिए । गढीदेखि वीरेन्द्रनगर बजार आउने छोटो र पुरानो सडकलाई पदमार्ग बनाउन लागिएको उनको भनाइ छ । वडा नं. ४ का सदस्य कृष्णप्रसाद गौतमले पदमार्गले पर्यटकीय चहलपहलका साथै वडा नं. ४ र १४ को आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई पनि जोड्ने बताए । निर्माणको काममा सुरक्षा सावधानीपनि अपनाइएको छ । सामाजिक दुरी कायम गरेर मजदुरहरुले पदमार्गको काम थालेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap