सुर्खेत ।
वीरेन्द्रनगर—६ मा रहेको आशीर्वाद होटेल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापन र साजसज्जामा संचालनमा आएको छ । आइतवार सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनहादुर रावतले सो रेष्टुरेन्टको औपचारिकरुपमा उद्घाटनसमेत गर्नुभयो ।
सो क्रममा उहाँले नयाँ स्वाद र रुचीको ग्राहकको ध्यानलाई मध्यनजर गरी रेष्टुरेन्ट संचालनमा आएको खुशी व्यक्त गर्नुभयो । उहाँले युवाहरुको आकर्षण व्यापार व्यवसायमा बढेकोले आर्थिक समृद्धिबाट मात्रै सवे सम्भव भएको जनाउनुभयो । रेष्टुरेन्टका संचालक आयुष गौतमले ग्राहकहरुको स्वादलाई प्राथमकिता दिन रेष्टुरेन्टको व्यवस्थापन तथा साजसज्जामा परिवर्तन गरेको जानकारी दिनुभयाे । उहाँले रेष्टुरेन्टको खाजा खानाको स्वाद र सरसफाईमा विशेष ध्यान दिइने बताउनुभयाे । सो अवसरमा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेललगायतको उपस्थिति थियो ।