२२ बैशाख २०८१, शनिबार

स्टेशनरी महासंघको प्रदेश अध्यक्षमा नेपाल

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
स्टेशनरी महासंघको प्रदेश अध्यक्षमा नेपाल
0 Shares

सुर्खेत ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनमा कमल नेपालको अध्यक्षतमा नयाँ प्रदेश समिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट सुर्खेतकाे न्यू प्रभात स्टेशनरीका संचालक कमल नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


समितिको उपाध्यक्षमा गणेश रोकाय (जुम्ला), उपाध्यक्ष नरेन्द्र बुढा (सल्यान), सचिव शेरबहादुर खड्का (सुर्खेत), कोषाध्यक्ष भानुभक्त बराल (कालीकोट) र सहसचिव रिमबहादुर विसी (रुकुम पश्चिम) चयन हुनुभएको छ । सदस्यहरुमा ज्ञानबहादुर रोकाय (हुम्ला), उव्जन बुढा (मुगु), हस्तबहादुर शाही (दैलेख), खिमबहादुर सिंह (जाजरकोट) र सुर्खेतका राजकुमार सिंजापति, दिलबहादुर थापा, लोकेश खड्का, कालीकोटका राजबहादुर शाही, रुकुम पश्चिमका बेदराज शर्मा, कालीकोटका गणेश विष्ट र सल्यानका भुवनेश्वर शर्मा रहनुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap