८ बैशाख २०८१, शनिबार

लोककल्याणकारी विज्ञापनवारे जानकारी

कर्णाली प्रदेश मुख्य समाचार समाचार
लोककल्याणकारी विज्ञापनवारे जानकारी
0 Shares

सुर्खेत ।
प्रेस काउन्सिलको वर्गीकरणमा परेका सुर्खेतका पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनवारे जानकारी दिइएको छ । हुलाक निर्देशनालय सुर्खेतको आयोजना एवं पत्रकार महासंघ सुर्खेतको समन्वयमा शुक्रवार भएको एक कार्यक्रममा लोक कल्याणकारी विज्ञापनका सम्वन्धमा जानकारी दिइएको हो ।

हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकारी हितप्रसाद पौडेलले पत्रिकामा लोककल्याणकारी विज्ञापनको आकार, बजेट र यसको भुक्तानी, भुक्तानी रोक्का हुने अवस्था, दामासाहीको भुक्तानी, कर कट्टी तथा कोष दाखिला तथा जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिवारे प्रकाश पार्नुभएको थियो । उहाँले पत्रपत्रिकाहरुले अगाडि पृष्ठको एयर प्यानलमा पाँच पटक र पछाडि पृष्टमा ८—१० सिसीको आधारमा पाँच पटक विज्ञापन प्रकाशित गर्नुपर्ने, प्रत्येक महिनाको ७ गतेभित्र बिलसहित पत्रिका हुलाकमा दर्ता गराउनुपर्ने, महिनामा कम्तीमा २५ अंक प्रकाशित हुनुपर्ने जस्तासुझाव पनि दिनुभएको थियो ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले वर्गीकरणमा परेका पत्रपत्रिकाहरुले राम्रोसँग कुरा नबुझदा समस्या आएको भन्दै हुलाक निर्देशनालयले कार्यक्रम राखेर लोककल्याणकारी विज्ञापनबारेको जानकारी उपलव्धीमूलक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आइपर्ने समस्याहरुलाई एकैठाउँमा बसेर समाधान गर्न जोड दिनुभयो ।
पत्रकार महासंघका प्रदेश सचिव दिपक बुढाले स्थानीय संचारमाध्यमलाई विज्ञापन तथा ग्राहक बनाउनका लागि हुलाक निर्देशनालयले पहल र समन्वय गर्नुपर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्यालले मोफसलका संचारमाध्यमहरुको पीडा हुलाक निर्देशनालयले बुझेर सोही अनुसार काम गरिदिनुपर्ने जनाउनुभयो । उपभोक्ता अधिकार मंचका अध्यक्ष आकाशतारा बयकले हुलाक निर्देशनालयले संचारमाध्यम र संचारकर्मीहरुलाई संचारमाध्यवारे बेलाबेलामा अभिमुखीकरण गराउनुपर्ने बताउनुभयो ।
हुलाक निर्देशक रेखा गौतमले पत्रपत्रिकामा साना त्रुुटिहरु हुने भएकोले सच्याउन सुझाव दिनुभयो । उहाँले सवैले स्थानीय संचारमाध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिदैं आइपरेका समस्याहरुलाई समन्वय गरेर समाधान गरिने प्रतिवद्धता जनाउनुभयो । निर्देशनालयका अधिकृत शोभा अधिकारीले संचालन गरेको कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका सहसचिव ईश्वर अधिकारीसहित प्रेस काउन्सिलमा वर्गीकरणमा परेका पत्रपत्रिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap