१८ बैशाख २०८१, मंगलवार

अधिवक्ता श्रेष्ठ अव गीतकार पनि

कला / साहित्य / खेलकुद प्रदेश समाचार
अधिवक्ता श्रेष्ठ अव गीतकार पनि
0 Shares

सुर्खेत ।

सुर्खेतका चर्चित अधिवक्ता धु्रवकुमार श्रेष्ठले आफूलाई गीतकारको रुपमा प्रस्तुत गरेका छन् । सोमवार उनीद्वारा लिखित गीतहरुको एम्बम मनको चावी सार्वजनिक गरेपछि अधिवक्ता श्रेष्ठको परिचय अव गीतकारको रुपमा देखा परेको छ ।

अधिवक्ता श्रेष्ठले उक्त एल्बम सार्वजनिक गरेका छन् । श्रेष्ठको पहिलो साँगीतिक कोशेलीको रुपमा मनको चावी एल्बमलाई सुर्खेतका अग्रज कलाकार भीमबहादुर कार्कीले सार्वजनिक गरे । सो अवसरमा कलाकार कार्कीले गीत संगीतको कुनै सीमाना नहुने भएकोले अधिवक्ता श्रेष्ठले पनि कानुनी पेशासँगै सांगीतिक क्षेत्रमा पनि आफ्नो रुचि प्रस्तुत गरेको बताए ।
गीतकार श्रेष्ठले आफ्नो एल्बममा घर छोडेर मुग्लान जादाँको पीडा आफूले गीतमा राखेको बताए । उनले सांगीतिक क्षेत्र आफ्नो रुचीको विषय भएकोले सुर्खेतका अग्रज कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी, गंगा केसीलगायतको प्रेरणाले गीत लेख्ने प्रयास गरेको जनाए । श्रेष्ठको लेखन रहेको सो एल्बममा सुर्खेत उदयीमान कलाकार कविराज गिरीको आवाज र चर्चित बाँसुरीवादक ज्ञानबहादुर नेपालीको संगीत रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap