१६ बैशाख २०८१, आईतवार

भेरी बबई डाइभर्सन आयोजनाः पहिलो चरणको प्रगति समय अगावै, दोस्रोमा भने सुस्त

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
भेरी बबई डाइभर्सन आयोजनाः पहिलो चरणको प्रगति समय अगावै, दोस्रोमा भने सुस्त
0 Shares

सुर्खेत ।

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पहिलो चरणको काम एक बर्ष अगावै सकियो । टनेल बोरिङ मेसिन (टिबिम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्ष अगाडि नै सम्पन्न भइसकेको थियो । २०७६ साल बैशाख ३ गते सुरुङको ब्रेक थ्रु भएको थियो ।
एक बर्ष अगाडि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिटै हुने विश्वास सवैमा थियो । तर दोस्रो चरणको कामको गति सुस्त बनेको छ । हेड वक्स, बाँधलगायत अन्य कामहरु दोस्रो चरणमा छ । कहिले कोरोनाले, कहिले मजदुर अभावले दोस्रो चरणको काम सोचे भन्दा सुस्त गतिमा छ । त्यसैले २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।
हालसम्म भौतिक प्रगति ४८ प्रतिशत
दुई बर्षदेखि आयोजनाको दोस्रो चरणको काम चलिरहेको छ । दोस्रो चरणमा अन्र्तगत हेडवक्स र पावरहाउस निर्माण पर्दछ । जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सवस्टेशन लगायत कामहरु गर्नुपर्छ । दोस्रो चरणको काम गर्ने अवधि ४८ महिनाको हो । सम्झौता अनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात २०८० भित्र यो काम सम्पन्न गरी सक्नुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत रहेको छ । बाँकी रहेको दुई वर्षमा लक्ष्य अनुसारको काम सम्पन्न गर्न निकै ठूलो चुनौती आयोजनालाई छ ।
तोकिएको अवधिभित्र सक्ने लक्ष्य
आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले पहिलो चरणको कामको तुलनामा दोस्रो चरणको काममा केही सुस्त भएको स्वीकार्नुभयो । यद्यपि अहिले कामको रफ्तार बढिरहेकोले तोकिएको अवधिभित्र सक्ने लक्ष्य राखिएको दावी उहाँको छ । दोस्रो चरणको काम थालिएपछि विशेषगरी कोरोनाले असर पु¥याएको बताइन्छ । उहाँका अनुसार बाँकी दुई वर्षभित्र करिव करिव सवै काम सकिनेछ ।


कोरोनाले प्रभावित
कोरोना महामारीका कारण दोस्रो चरणको सुरुवातमै आयोजनाको काम प्रभावित भएको थियो । ‘सुरुवाती चरणमा महामारीले ठूलो असर ग¥यो, मजदुरहरु सङ्क्रमित भए । यहीकारण कामले गति लिन सकेन’ उहाँले भन्नुभयो, ‘तोकिएकै समयमा आयोजना सम्पन्न गर्न काम भने रोकेनौँ, तर निर्माण सामग्री र सबै मजदुर काममा खटाउन नसक्दा प्रगति कम भयो ।’ कोरोना महामारीको पहिलो र दोस्रो चरणमा पनि आयोजनाको काम रोकिएको थिएन । तर निर्माण सामग्रीको अभाव भएको थियो । निर्माण कम्पनी नै बन्द भएपछि सरिया, सिमेन्ट जस्ता अत्यावश्यक निर्माण सामग्रीको अभाव भएको थियो । यहीकारण दोस्रो चरणको काम सन्तोषजनक रुपमाले अगाडि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
२०७६ साउन १५ गतेदेखि दोस्रो चरणको काम चिनिया कम्पनीसहित रमण जेभीले निर्माणको जिम्मा लिएको छ । कूल ६ अर्ब १६ करोड ५२ लाखमा निर्माणको ठेक्का लिएका कम्पनीहरुको दोस्रो चरणको प्रगति कम छ । यद्यपि तोकिएकै समयमा काम सम्पन्न गर्ने पर्यत्न जारी राखेको आयोजनाले जनाएको छ । पहिलो चरणमा आयोजनाले नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण गरेरपछि चर्चा बटुलेको थियो । अहिलेसम्म आयोजनाको छ । यो आयोजना सम्पन्न भएपछि बाँके र बर्दियामा सिचाइँ सुविधा पुग्नेछ भने विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
कार्यविधि स्वीकृत नहुँदा मुआव्जा विवाद
भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशीको ३२ हेक्टरभन्दाबढी जग्गा डुवानमा पर्दछ । जसमध्ये झण्डै २३ हेक्टर जग्गा ऐलानी छ । तर आयोजनाले ऐलानी जग्गाको मुआब्जा दिएको छैन । २२.८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा आवश्यक कार्यविधि समेत बनेको छैन । ऐलानी जग्गाधनीलाई के–कति मुआब्जा रकम दिने भनेर निर्धारण नटुङ्गिएका कारण मुआब्जा वितरण गर्न नसकिएको सिडिई सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार मुआब्जा निर्धारणको लागि आयोजनाले विभागमा फाइल पेश गरेको छ । मन्त्रिपरिषद्ले मुआब्जा रकम निर्धारण गरेपछि छिट्टै ऐलानीलाई समेत मुआब्जा वितरण गर्ने आयोजनाले जनाएको छ । डुबानमा पर्ने ऐलानी जग्गा मध्ये साढे ६ हेक्टर जग्गाको फिल्डबुकमा दर्ता भएका छन् । तर लालपुर्जा प्राप्त गरेका छैनन् । कुल जग्गा मध्ये झण्डै दुई हेक्टर जग्गाको दर्तासमेत भएको छैन । तर लामो समयदेखि प्रभावितहरुले भोगचलन गर्दै आएका छन् । आयोजनाले हालसम्म झण्डै नौ हेक्टर जग्गाको मात्रै मुआब्जा वितरण गरेको छ । उहाँले बाँध बनेर डुवान हुने जग्गाधनीलाई मात्र मुआव्जा दिइने बताउनुभयो ।
४६ मेगावाट विद्युत र ५१ हजार हेक्टर सिंचाई सुविधा
आयोजना सम्पन्न भएपश्चात ४.२ मिटर व्यास गोलाइ र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी सुर्खेतको भेरी नदीबाट बबईमा खसाल्ने योजना छ । भेरी नदीमा सुक्खा याममा ८० घनमिटर पानी प्रतिसेकेन्ड हुन्छ । १५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताका दुईवटा टर्बाइनमार्फत ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरेर वार्षिक ३८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बा“केका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सि“चाइ सुविधा उपलब्ध हुने बताइएको छ । आयोजनाको काम आर्थिक वर्ष २०६८÷०६९ देखि सुरुवात भएपनि गति लिएको २०७१÷०७२ देखि हो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap