१६ चैत्र २०८०, शुक्रबार

तीन दिनमै राष्ट्रिय झण्डा गायब

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
तीन दिनमै राष्ट्रिय झण्डा गायब
0 Shares

सुर्खेत ।

यही असोज ३ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बजारको प्रख्यात पर्यटकीय स्थल भानुपार्कमा संविधान दिवसको अवसरमा ८० वटा राष्ट्रिय झण्डा फहराइएको थियो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ती झण्डाहरु फहराउनुभएको थियो । तर तीन दिन नवित्दै असोज ६ गते १४ वटा झण्डा गायब हुन पुगे । झण्डा राखिएका फलामे डण्डीहरु यतिबेला रित्तै छन् ।

१४ वटा झण्डा चोरी भएपछि ६ नं. वडा कार्यालयले बाँकी ६६ वटा झण्डा झिकेर कार्यालयमा राखेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न पार्कमा राष्ट्रिय झण्डा राखिएपनि तीन दिनपछि नै सवै निकालिँदा सर्वसाधारणले विभिन्न टिप्पणी गरेका छन् । ६ नं. वडा अध्यक्ष मोतिप्रसाद कँडेलले १४ वटा झण्डाहरु चोरी भएपछि बाँकी झण्डा झिकेर राखिएको बताउनुभयो । उहाँले उक्त क्षेत्रमा हाई मास्क ठूलो वत्ती बाल्ने तयारी भइरहेको र सिसी क्यामरा पनि राखेपछि पुनः ती झण्डाहरु राखिने जानकारी दिनुभयो ।


अहिले पार्कमा सिसी क्यामरा पनि छैन । नजिकै रहेको सिसी क्यामरा पनि विग्रिएपछि ती झण्डा कसले चोरेको हो भनेर पत्ता लगाउन पनि नसकिएको वडाअध्यक्ष कँडेलले बताउनुभयो । सिसी क्यामरा राखेर हाई मास्क बत्ती जडान गरेपछि झण्डा पुनः राखिने उहाँको भनाइ छ । उहाँका अनुसार यही दशैंको फूलपातिमा पुनः झण्डाहरु राखिनेछ । पार्कमा राष्ट्रिय झण्डा राखिएपनि पुनः मानिसहरुको भीड बढेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap