१५ बैशाख २०८१, शनिबार

स्थापना दिवसमा सिद्धार्थ होटलद्वारा मानव सेवा आश्रमका आश्रितलाई भोजन सेवा

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
स्थापना दिवसमा सिद्धार्थ होटलद्वारा मानव सेवा आश्रमका आश्रितलाई भोजन सेवा
0 Shares

सुर्खेत ।

सुर्खेतस्थित सिद्धार्थ होटेलले आफ्नाे २६ औं स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन खुवाएको छ । सिद्धार्थ होटल सुर्खेतका फ्रन्ट अफिसर मेनेजर प्रकाश भट्ट, लेखा अधिकृत रवि देकोटालगायत धर्म कँडेल, सुधा शर्मा, समिना बानु, विपिन थापासहितको टोलीले आश्रममा आश्रित ८६ जनालाई सोमवार विहानको भोजन खुवाउनुभएको हो ।


होटेलको स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वलाई बोध गरी आश्रममा आश्रितहरुलाई मानवीय सहयोग स्वरुप भोजन खुवाइएको भट्टले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई प्राथमिकता दिइने जनाउनुभयो । होटल स्थापना दिवसको अवसर पारेर होटलले आइतवार बिहान देउती बज्यै मन्दिर परिसरको पनि सरसफाई गरेको थियो । भट्टले देशभर शाखा रहेका सिद्धार्थ होटेलले स्थापना दिवसको अवसर पारेर जिल्ला जिल्लामा सामाजिक कामहरु गरेको जानकारी दिनुभयो ।
भोजन सेवा अर्पण कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले व्यापारसँगै सामाजिक उत्तरदायित्वको भावनाले सामाजिक काम गरेकोमा सिद्धार्थ होटलको कामको सह्राना गर्नुभयो । आगामी दिनमा पनि यस्तै रचनात्मक सामाजिक काम गर्न पनि उहाँले सुझाव दिनुभयो । आश्रमका सेवक संचिता गौतमले आश्रम यस्तै सहयोगी दाताहरुको सहयोगबाट संचालन भइरहेको बताउनुभयो । उहाँले हाल आश्रममा ८६ जना आश्रित रहेको जानकारी दिनुभयो । सुर्खेतमा २०७५ सालमा स्थापना गरिएको आश्रमबाट अहिलेसम्म झण्डै १५० जनाको पारिवारिक पुनर्मिलन गराइएको जानकारी दिदैं उहाँले सवैको सहयोगबाट आश्रम संचालन भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap