१५ बैशाख २०८१, शनिबार

छलफल चौतारीमा दलितमाथिकाे विभेदवारे बहस

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
छलफल चौतारीमा दलितमाथिकाे विभेदवारे बहस
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले संचालन गरेको छलफल चौतारीमा विभेद विरुद्धको बहस हुने गरेको छ । संघद्वारा संचालित दलित महिला तथा किशोरीहरुको मानवअधिकार प्रवद्र्धन परियोजना अन्तर्गत वीरेन्द्रनगरमा गठित छलफल चौतारीमा सहभागी दलित महिला जनप्रतिनिधि तथा दलित महिला अगुवाले जातीय तथा छुवाछूत विरुद्धवारे बहस गर्ने गरेका हुन् ।


वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का दलित महिला वडा सदस्य कमला नेपालीले ग्रामीण क्षेत्रमा विभेद कायमै रहेको बताउनुभयो । उहाँले शहरमा देखिने गरी विभेद नभएपनि घुमाउरो पाराले दलित तथा दलित महिलाले विभेद भोग्नुपरेको जनाउनुभयो । उहाँले दलितभित्र पनि विभेद रहेको हुँदा सवै दलितले हटाउनुपर्ने सुझाव दिनुभयो । विभेद अन्त्य गर्ने महत्वपूर्ण औषधि आर्थिक सशक्तिकरण र शिक्षा नै भएको हुँदा दलित महिलाहरुले आफ्ना सन्तानहरुलाई उचित शिक्षा प्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै दलित महिला सदस्य गीता विकले विगतमा चरम विभेद भएपनि अहिले विगतको तुलनामा केही कमी आएको बताउनुभयो । यद्यपि घुमाउरो पारामा विभेद सहनु परेको उहाँको अनुभव छ । छलफल चौतारीमा सहभागी दलित महिला अगुवाहरुले घरेलु हिंसा रोकथामको उपाय, घरभित्रै छोरीबुहारी असुरक्षित रहनुपरेको जस्ता विषयमा बहस गरेका थिए । दलित महिला संघका परियोजना संयोजक खगिसरा वलीले वीरेन्द्रनगर अघि भेरीगंगा नगरपालिकामा पनि छलफल चौतारीको आयोजना गरी दलित र दलित महिलाहरुले भोग्नुपरेको समस्याहरुवारे छलफल गरिएको बताउनुभयो । उहाँले छलफल चौतारीमा समस्याहरुवारे बहस गरी समाधानको उपायहरु पनि खोजिने गरिएको जानकारी दिनुभयो । कार्यक्रम दलित महिला स‌घ सुर्खेतका कार्यसमित सदस्य सपना परियारकाे अध्यक्षतामा भएकाे थियाे ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap