१६ बैशाख २०८१, आईतवार

पिपलबोट सहकारीको स्थापना दिवसमा विविध कार्यक्रम

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
पिपलबोट सहकारीको स्थापना दिवसमा विविध कार्यक्रम
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्था लिले २१ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ ।


ज्येष्ठ शेयर सदस्य लक्षित बचत योजनाको शुभारम्भ सहित, प्रादेशिक शहीद पार्कमा सरसफाई र गमला हस्तान्तरण गरेको छ ।
आइतवार पिपलबोट ज्येष्ठ नागरिक बचत योजनाको संस्थाका सल्लाहकारहरु अम्मरबहादुर कार्की, कालुराम धौलाकोटी, पदमबहादुर खड्का, शिवप्रसाद सापकोटा, देवीप्रसाद खनाल र साकोसका अध्यक्ष बलबहादुर सार्कीले संयुक्तरुपमा योनजाको शुभारम्भ गर्नुभएको हो ।
संस्थाका अध्यक्ष बलबहादुर सार्कीले महिला सदस्यहरुलाई बचत बृद्धि अभियानमा जोड्न, पर्व बचत महत्वपूर्ण अवसरको रुपमा रहेको र आगामी दिनमा युवा तथा ज्येष्ठ नागरिक लक्षित बचत योजना सुरुवात गर्ने योजना समेत रहेको जानकारी दिनुभयो ।


संस्थाको हाल कुल वासलात १७ करोड ५१ लाख ९३ हजार र कुल बचत ११ करोड ८९ लाख ३३ हजार रहेको छ । हाल दुई हजार ७५५ शेयर सदस्यहरु रहेको जनाइएको छ । स्थापना दिवसको अवरमा वीरेन्द्रनगर—४ मा रहेको प्रादेशिक शहीद पार्कमा सरसफाई तथा बिभिन्न प्रजातिका फूल र अन्य प्रजातिका बिरुवाहरु बृक्षारोपण समेत गरिएको थियो ।


सरसफाई तथा बृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शेरबहादुर केसी, भैरम सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्कीसिहत स्थानीय युवा क्लवका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap