१६ बैशाख २०८१, आईतवार

अनुदान सदुपयोगका लागि अनुगमन अनिवार्य

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
अनुदान सदुपयोगका लागि अनुगमन अनिवार्य
0 Shares

सुर्खेत ।

विपन्न तथा गरीवलाई उद्यम बनाउनका लागि दिइने अनुदानको सदुपयोगिताका लागि अनुगमन प्रभावकारी बनाउन सुझाव दिइएको छ । दलित महिला संघ सुर्खेतले संचालन गरेको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट समूहका सदस्यहरुलाई उद्यम विकास प्रवद्र्धनका लागि दिइने अनुदान सदुपयोग भएको छ छैन हेर्नका लागि अनुगमन प्रभावकारी बनाउन सुझाव दिइएको हो ।

आइतवार आयोजित समन्वयात्मक बैठकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदान तथा सहयोगको सदुपयोगिताका लागि अनुगमन कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । बेलाबेला अनुगमन गर्न सके लगानीको अवस्था बुझ्न सकिने भन्दै उहाँले अनुगमन नभएमा लगानी डुब्ने जनाउनुभयो । विपन्नलाई उद्यम बनाइ उनीहरुको जीवन यापन सहज बनाउनका लागि उनीहरुमाथि सवैले लगानी गर्ने हुँदा त्यसको सदुपयोगवारे पनि अनुगमन अनिवार्य भएको उहाँको भनाइ छ ।
वैठकमा वडा नं. ८ का वडाअध्यक्ष टिकाराम शर्माले प्रतिफल आउने योजनामा लगानी गर्न सुझाव दिनुभयो । उहाँले तालिमलगायतमा धेरै बजेट खर्च भएको तर प्रतिफल नआउने हुँदा अव प्रतिफल र देखिने योजनामा लगानी गर्न संघसंस्थाहरुलाई सुझाव दिनुभयो ।
दलित महिला संघ सुर्खेतले संचालन गरेको दलित महिलाको मानव अधिकार सुदृढिकरण परियोजना संयोजक खगिसरा वलीले अघिल्लो वर्ष पाँच जनालाई अनुदान दिइएको र उनीहरुले त्यसको सदुपयोग गरेको जानकारी दिनुभयो । उद्यम गर्ने तालिमसमेत दिएर आयआर्जन गर्न सघाउनका लागि परियोजनाबाट सहयोग गरिने उहाँको भनाइ छ । यसवर्ष पनि संस्थाले थप पाँच जनालाई जनही २० हजारका दरले अनुदान दिँदैछ । दलित महिला संघका उपाध्यक्ष कल्पना विश्वकर्माले सवैको सुझावका आधारमा सहयोग प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap