१६ बैशाख २०८१, आईतवार

सामाजिक चेतना जगाउने स्वयंसेवक तयार

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
सामाजिक चेतना जगाउने स्वयंसेवक तयार
0 Shares

सुर्खेत ।

सुर्खेतका चार वटा पालिकाका विभिन्न वडाहरुमा लैंगिक समानता जगाउन, हानिकारक मान्यता हटाई सचेतना जगाउन स्वयंसेवक तयार गरिएको छ । दलित महिला संघ सुर्खेत र जुरी नेपालले युएन वुमनसँगको हाम्रो सहकार्य परियोजनामार्फत वीरेन्द्रनगर, लेकबेसी, गुर्भाकोट र भेरीगंगा नगरपालिकाका विभिन्न वडाका समूहबाट १४ जना स्वयंसेवक छनोट गरी प्रशिक्षण पनि दिइएको छ ।


ती स्वयंसेवकहरुले बस्तीका समूहमा पुगी लैंगिक सवाल, हानिकारक मान्यताका पहिचान, विभेद, लैंगिक भूमिका, व्यक्तिगत तथा सामूहिक पूर्वाग्रहबारे बुझाई लगायतका आवश्यक ज्ञानको पाँच दिनको प्रशिक्षणसमेत दिइएको छ । अव उनीहरुले आफ्नो समूहमा पुगेर यसवारे सचेतना गराउने दलित महिला संघ सुर्खेतका परियोजना संयोजक मीना विकले बताउनुभयो । करिव एक वर्षसम्म स्वयंसेवकहरुले सचेतना जगाउने काम गर्नेछन् ।
यसैवीच शुक्रवार स्वयंसेवकहरुको लागि पाँच दिने प्रशिक्षणको समापन गरिएको छ । दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु विकले प्रशिक्षणपछि समूहमा गएर विभेद अन्त्यका लागि, समानताका पक्षमा सहजीकरण गर्न स्वयंसेवकहरुलाई सुझाव दिनुभयो । साथै उहाँले समुदायमा उदाहरणीय बन्न र समूहमा देखिएका समस्याहरुलाई समाधान गर्न अहम् भूमिका खेल्न आग्रह गर्नुभयो । जुरी नेपालका मुना अधिकारीले पनि प्रशिक्षणबाट प्राप्त ज्ञानको सदुपयोग गर्न जोड दिनुभयो ।
पाँच दिने तालिममा सहभागीहरुलाई दलित महिला संघका अध्यक्ष मन्जु सुनारसहित मीना विक, सीता भण्डारी र उर्मिला केएसले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक गत जेठ २८ गतेदेखि सुरु भएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap