१६ बैशाख २०८१, आईतवार

दलित महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिम

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिम
0 Shares

सुर्खेत  ।
दलित महिला संघ सुर्खेतले दलित महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिम दिएको छ । उनीहरुलाई बजारमुखी साना व्यवसाय विस्तारका लागि उद्यम विकास तालिम शनिवारदेखि दिन थालिएको हो ।

वीरेन्द्रनगर नगरपालिकामा संस्थाले गठन गरेको समूहका २५ जना दलित महिला सहभागी भएको तालिममा व्यवसाय गर्न चाहने दलित महिलालाई व्यवसाय गर्ने योजनालगायत विविध पक्षका वारेमा प्रशिक्षण दिइनेछ । सोमवारसम्म संचालन हुने तालिममा उद्यमशीलताका लागि आधारभूत अवधारणा, मितव्ययिता र खर्च व्यवस्थापन, बजार, बजार विश्लेषण र आवश्यकता, व्यवसायिक योजनालगायतका कुराहरु सिकाइने दलित महिला संघका कार्यक्रम संयोजक खगिसरा वलीले बताउनुभयो । तालिमको सहजीकरण उमाशंकर आचार्यले गर्नुभएको छ ।
उहाँका अनुसार यो तालिम यसअघि भेरीगंगा नगरपालिकामा पनि दिइएको छ । तालिमपश्चात वीरेन्द्रनगर र भेरीगंगाका १० जना महिलालाई २० हजारका दरले व्यवसाय गर्नका लागि अनुदान दिइनेछ । कार्यक्रम संयोजक वलीले प्रत्येक समूहबाट व्यवसाय गर्न सक्ने महिलालाई छनोट गरेपछि संस्थाले अनुदान रकम उपलव्ध गराइने बताउनुभयो । अघिल्लो वर्षपनि १० जनाले अनुदान रकम लिएर विभिन्न कार्यक्रम गरिरहेको बताइन्छ । यो तालिम र अनुदानबाट साना व्यवसाय संचालन गरी आत्मनिर्भर हुन सकिने अपेक्षा संस्थाले गरेको संयोजक वलीले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap