१६ बैशाख २०८१, आईतवार

मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रम

अर्थ कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रम
0 Shares

सुर्खेत ।
मानवअधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले विविधि कार्यक्रमहरु गरेको छ । शनिवार मानव अधिकारदेखि मानवताको उच्चतम अभिब्यक्तिसम्म बिषयक अन्तरक्रिया गरेको छ ।


कार्यक्रममा नागरिक अगुवा एवम् मप बिश्वबिद्यालयका पूर्व डीन पीताम्बर ढकाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, नेपाल वार एशोसियसनका केन्द्रीय उपाध्यक्ष उत्तम आचार्य, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति पुष्पा मल्ल, केन्द्रीय सचिव प्रकाश शाही, मानवअधिकार तथा शान्ति समाज सुर्खेतका संस्थापक सभापति गोविन्द कोईराला, प्याव्सन सुर्खेतका अध्यक्ष दलबहादुर गुरुङ, साहित्यकार देवकी तिमिल्सेनालगायतले मानवअधिकार र मानवताको उच्चतम् अभिव्यक्तिसम्मवारे आ—आफ्ना भनाइ राख्नुभएको थियो ।
मानवअधिकार तथा शान्ति समाज सुर्खेतका सभापति प्रेमबहादुर भण्डारीले समाजको स्थापना दिवसको अवसरमा रक्तदानलगायतका अन्य कार्यक्रमहरुको पनि सफलतापूर्वक आयोजना गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap