२६ बैशाख २०८१, बुधबार

शान्ति समाजद्वारा प्रशासनमा ज्ञापनपत्र र धर्ना

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
शान्ति समाजद्वारा प्रशासनमा ज्ञापनपत्र र धर्ना
0 Shares

सुर्खेत ।
मानवअधिकार तथा शान्ति समाज सुर्खेतले मंगलवार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको छ । समाज सुर्खेतका अध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले प्रशासन परिसरमा धर्ना दिनुको साथै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।


घटनामा सुक्ष्म अध्ययन अनुसन्धान गरी संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिलाउन, आर्थिक पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न र मानवअधिकारमैत्री ऐन बनाइ संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन समाजले ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap