७ बैशाख २०८१, शुक्रबार

विपन्न महिलालाई तीन महिना पुग्ने राहत

अर्थ कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
विपन्न महिलालाई तीन महिना पुग्ने राहत
0 Shares

सुर्खेत ।
सुर्खेत अति विपन्न, सीमान्तकृत महिलालाई तीन महिना पुग्ने दैनिक उपभोग्य बस्तु राहत वितरण गरिएको छ । पूर्वी सुर्खेतका गुर्भाकोट नगरपालिकाको वडा नं ६ र १२ तथा लेकबेसी नगरपालिकाको वडा नं. १ र ७ का ७६ अति विपन्न र सीमात्कृत महिलालाई तीन महिना पुग्ने राहत वितरण गरिएको हो । युएन वुमनको सहयोगमा जुरी नेपाल र दलित महिला संघ सुर्खेतले तीन महिनासम्म पुग्ने खाद्यान्न राहत स्वरुप प्रदान गरेको छ ।


शनिवार गुर्भाकोट नगरपालिका—१२ दहचौरमा राहत विरण गर्दै तीन महिनासम्म पुग्ने राहतले उनीहरुको जीवन यापनमा थोरै भएपनि सहयोग पुग्ने बताइएको थियो । वडामा गठन गरिएका समूहबाट अति विपन्न, सीमान्तकृत महिलाहरु छनौट गरेर सो राहत दिइएको छ । राहतमा दुई बोरा चामल, एउटा ग्यास सिलिण्डर र चुलो, दुई केजी दाल, दुई केजी चना, चार केजी चिनी, चार लिटर तेल, साबुन, सरफ, सेनिटरी प्याड र औषधि रहेको छ ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले तीन महिना पुग्ने राहतले परिवारको गर्जो टार्न सहयोग पुग्ने बताउनुभयो । उहाँले राहतलाई सदुपयोग गर्न सुझाव दिदैं दुरुपयोग भएको पाएमा उनीहरुबाट फिर्ता लिएर अर्का व्यक्तिलाई दिइने जनाउनुभयो । वडा नं. १२ का वडा अध्यक्ष तुलसीप्रसाद शर्माले विपन्न वर्गको सहयोगका लागि राहत उपलव्ध गराएकोमा सह्राना व्यक्त गर्नुभयो । वडामा अझैपनि धेरै विपन्न र सीमान्तकृत व्यक्ति रहेकोले आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिन उहाँले माग गर्नुभयो ।


राहत प्राप्त गरेपछि नैनबहादुर सहकारीले कम्तीमा तीन महिना ढुक्क भएको बताउनुभयो । उहाँले वडाको निकै दुर्गम ठाउँमा बसेको हुँदा अहिले सिस्नो खाइरहेको भन्दै अव भात खान पाइने भएकोमा खुसी व्यक्त गर्नुभयो । दृष्टिविहीन श्रीमती र असक्त छोरासहित पाँच जनाको परिवारलाई यो राहतले धेरै सहयोग पुग्ने उहाँको भनाइ छ ।


यस्तै गुर्भाकोट नगरपालिकाका वडा नं. ६ का वडाअध्यक्ष गोविन्द वलीले राहतका लागि विपन्न वर्गको छनोट गरेकोले सदुपयोग हुनेमा आशावादी रहेको जनाउनुभयो । दलित महिला संघ केन्द्रीय कार्यालयका सुरेश विश्वकर्माले कोभिडपछि विपन्न वर्गलाई राहत प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले गत वर्ष सुर्खेतमा एक सय परिवारलाई यस्तै राहत दिएको भन्दै यसवर्ष १५० जनालाई दिने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रम लागू भएको सुर्खेतसहित कैलाली र डोटीमा गरी संस्थाले हालसम्म ६२५ जनालाई राहत उपलव्ध गराएको उहाँको भनाइ छ ।
सुर्खेतको गुर्भाकोट र लेकबेसी नगरपालिकामा राहत वितरण भइसकेको छभने वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा यसै महिनाभित्र राहत वितरण गरिसक्ने दलित महिला संघका कार्यक्रम संयोजक मीना विश्वकर्माले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap