१२ बैशाख २०८१, बुधबार

फिस्टुलाको निःशुल्क उपचार ः आठ वर्षमा ३९१ जना निकाे

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
फिस्टुलाको निःशुल्क उपचार ः आठ वर्षमा ३९१ जना निकाे
0 Shares

सिर्जना बुढाथोकी ।

मुगुको खत्याड गाँउपालिकाकी बिष्णुमाया तिवारीले गतवर्ष करिब २४ घण्टा लामो प्रसव पीडा खेपेर बच्चा जन्माउनुभयो । लामो समय सुत्केरी व्यथाले च्यापेका कारण उहाँ फिस्टुलाबाट ग्रसित हुनुभयो । तर उहाँले आफूलाई फिस्टुला (पिसाब चुहिने रोग)को समस्या भएको हो भन्नेबारे थाहा भएन ।
उहाँ घरमै करिब तीन महिनासम्मथलिएर बस्नुभयो । अन्ततः उहाँ वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालस्थित फिस्टुला उपचार केन्द्रमा आएपछि मात्रै थाहा भयो कि फिस्टुला भएको भनेर ।हाल उहाँ प्रदेश अस्पतालमा भर्ना भएर उपचाररत हुनहुन्छ । मुगुमा फिस्टुलासम्बन्धी उपचार नभएकाले सुरुमा आफूले समस्या भोगेको तिवारीको भनाइ छ । तर अहिले फिस्टुला उपचार केन्द्रमा आएपछि यसबारेमा थाहा पाएको उहाँ बताउनुहुन्छ । ‘धेरै महिलाहरु त आफूलाई भएको समस्या नै लुकाएर बस्छन्,’ उहाँले भन्नुभयो, ‘फिस्टुला भएका बिरामीलाई छिःछि र दुरदुर गर्छन् गाउँमा । आफ्नै परिवारले पनि यो समस्यालाई महिलाहरुको कम्जोरीका रुपमा लिने र हेला गर्ने गर्छन् ।’


प्रदेश अस्पतालमा आएर आफूले उपचार सेवा लिएपनि अवस्था सामान्य बन्दै गएको उहाँको भनाइ छ । सुदूरपश्च्मि प्रदेश डडेल्धुराको गनाधुरा गाँउपालिकाकी डम्बरी बोहोरा फिस्टुलाबाट ग्रसित भएको ३० बर्ष भयो । धेरै समय बितेपछि उहाँलाई अब उपचार हुँदैन भन्ने लाग्यो । ‘गाँउका स्वास्थ्य चौकीमा जाँदा सामान्य औषधि दिएर फर्काउँथे, ‘उहाँले भन्नुभयो, ‘तर सन्चो पटक्कै भएन् । गुप्तांगबाट पिसाव बगेको बग्यै भएर नराम्रो गन्ध आउँथ्यो । मानिसहरु नजिक पर्दैनथे ।’ उहाँको यही समस्याले गर्दा श्रीमानले कान्छी श्रीमती बिहे गरे ।
गत मंसिरमा कर्णाली प्रदेश अस्पतालमा रहेको फिस्टुला उपचार केन्द्रमा निःशुल्क उपचार हुने भन्ने कुरा थाहा पाउनुभयो । उहाँ आफै उपचारका लागि डडेल्धुराबाट सुर्खेत पुग्नुभयो । गत पुसबाट उहाँको अप्रेशनपछि नियमित उपचार भइरहेको छ ।
कर्णाली प्रदेश अस्पताल र आइएनएफ नेपालको साइनिङ अस्पतालको सहकार्यमा कर्णालीमा फिस्टुला सम्बन्धिका बिरामीहरुको सन २०१४ देखि निःशुल्क उपचार भइरहेको छ । प्रदेश अस्पतालका निमित्त निर्देशक डा.गणेश थापाले भन्नुभयो, ‘फिस्टुला पीडित महिलाहरुको निःशुल्क उपचारका लागि आइएनएफ नेपालको सहकार्यले निकै राहत प्रदान गरेको छ ।’ कर्णालीका विकट बस्तीहरु र छिमेकी प्रदेश सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सेवाग्राहीहरुले पनि यहाँबाट सेवा लिँदै आएका छन् । पश्चिम नेपालमा फिस्टुला सम्बन्धि सबै भन्दा सुबिधायुक्त निशुल्क उपचार प्रदेश अस्पतालले दिइरहेको छ । हालसम्म यस अस्पतालबाट जम्मा ३९१ जना फिस्टुला पीडित महिलाहरुले उपचार सेवा लिएका छन् । चालु आर्थिक बर्षमा १७ जना बिरामीहरुले उपचार सेवा लिइरहेका छन् । फिस्टुल केन्द्रबाट हालसम्म विभिन्न शिविर सेवा मार्फत २६६, नियमित सेवामार्फत १२५ गरी जम्मा ३९१ जना बिरामीले सेवा लिएका छन् । अस्पतालमा बेलायती नागरिक स्त्रीरोग विशेषज्ञ डा. शेर्ली हेउडले सन् २००९ देखि कार्यरत रही सेवा दिइरहनुभएको छ ।
प्रदेश अस्पताल सुर्खेतका स्त्रीरोग बिभाग प्रमुख डा. केशर ढकालले सबै सरोकारवालाहर मिलेर फिस्टुला सम्बन्धि सचेतना फैलाउनु पर्ने बताउनुभयो । बिभिन्न माध्यमबाट फिस्टुला सम्बन्धि सचेतना बस्तीस्तरमा पु¥याउनु आवश्यक रहेको उहाँको भनाइ छ । सन् २०३० सम्ममा फिस्टुलाको अन्त्यका लागि आजै दृढ संकल्प गरौँ भन्ने नाराका साथ मंगलबार मे २३ अन्तर्राष्ट्रिय फिस्टुला दिवस पनि मनाइँदैछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap