११ बैशाख २०८१, मंगलवार

किशोरकिशोरीलाई महिला पुरुष सम—विकास तालिम

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश शिक्षा / स्वास्थ्य समाचार
किशोरकिशोरीलाई महिला पुरुष सम—विकास तालिम
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिकाका किशोरकिशोरीहरुलाई महिला पुरुष सम विकास तालिम दिएको छ । संघद्वारा संचालित नेपाल दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत रामघाटमा आयोजित कार्यक्रममा सो तालिम दिइएको छ ।


मंगलवार तालिमको सुरुवात गर्दै परियोजना संयोजक खगिसरा वलीले दलित महिला तथा पुरुषहरुलाई अधिकार, मानवअधिकार, महिला अधिकार र दलित अधिकार सचेत गराई लैंगिक हिंसा न्यूनीकरणमा महिला पुरुष दुवैको समान सहभागिता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले लैंगिकतामा आधारित हिंसा र यसका कानुनी व्यवस्थाहरुका वारेमा सचेत गराउने पनि तालिमको उद्देश्य रहेको जनाउनुभयो ।
२६ जना किशोरकिशोरीहरुको सहभागिता रहेको तालिममा मानवअधिकारको अवधारणा, नेपालको संविधानमा राखिएको मानवअधिकारको प्रावधानहरु, दलित ऐन, लिंग, लैंगिकता र लैंगिक हिंसाविरुद्धका कानुनी व्यवस्थालगायतका वारेमा जानकारी गराइनेछ । अधिकारकर्मी टिका विष्टले सहजीकरण गरेको तालिम बुधवार समापन हुनेछ । यही तालिम वीरेन्द्रनगर नगरपालिकामा पनि हुने जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap