२८ माघ २०८१, सोमबार

हिमाल यातायातमा शर्माको नेतृत्व निर्विरोध

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
हिमाल यातायातमा शर्माको नेतृत्व निर्विरोध
0 Shares

सुर्खेत ।
सुर्खेतस्थित हिमाल यातायात ब्यवसायी संघको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशनले खगेन्द्रप्रसाद शर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ । बौद्व यातायात ब्यबसायी संघ र हिमाल यातायात ब्यबसायी संघको एकीकरणसहित संयुक्त यातायात संचालन भएपछिको अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।


समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष जयबहादुर थापा, उपाध्यक्ष कर्णबहादुर शाही , महासचिब रमेश बराल, सचिब कृष्णप्रसाद जैसी रेग्मी र कोषाध्यक्ष जगतबहादुर विष्ट चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा तिलकप्रसाद रेग्मी, शर्मिला शर्मा, जीवनकुमार शाही, सरिजुन बुढा, रामकृष्ण थापा, पुतलीकुमारी रावत र अम्बवहादुर खड्का निर्विरोध चयन हुनुभएको छ । कार्यक्रममा शाखा कार्यालय सुर्खेतका सदस्य भूपेन्द्र बहादुर शाही तथा बौद्व यातायात ब्यबसायी संघका अध्यक्ष एबम् हिमाल यातायात ब्यबसायी संघका सदस्य कमल गुरुङ लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाकार बासुदेब शर्माले यो संस्था स्थापना साना दुःखले भएको होइन भन्दै सवै ब्यबसायीको हक हितमा काम गर्न नयाँ निर्बाचित कार्यसमितिलाई सुझाव दिदैं शुभकामना व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष खगेन्द्रप्रसाद शर्माले सवै गाडी सदस्यहरुको हक हितका लागि अहोरात्र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap